मैनामैनी महोत्सव असफलताको भित्री कुरा

 

बेलका नगरपालिका वडा–७ ले आयोजना गरेको प्रथम मैनामैनी पर्यटन महोत्सव–२०७५ नराम्ररी असफल भयो । कुनै पनि योजना असफल र असफल हुनुमा आन्तरिक र वाह्य कारणहरुले भूमिका खेलेको हुन्छ । अझ कुशल योजनाकारहरुले कार्यक्रम असफल हुनुमा वाह्य कारणभन्दा आन्तरिक कारणलाई बढी जोड दिएको हुन्छ । कार्यक्रम असफल हुनुमा ८० प्रतिशत आन्तरिक र २० प्रतिशत वाह्य कारण हुने मान्यता छ । अर्थात, जुन कार्यक्रम असफल हुन्छ, उक्त कार्यक्रम असफल हुनुमा आन्तरिक कारण नै प्रधान हुन्छ । मैनामैनी महोत्सव ‘टाइटानिक जहाज’ हुनुमा आयोजक पक्षको आफ्नै ८० प्रतिशतभन्दा बढी आन्तरिक कारण थियो । जसको कारणले महोत्सव असफलमात्र होइन, महाअसफल भयो । 

महोत्सव असफल हुनुको मुख्य कडि कार्यक्रमको आकर्षण भनेर प्रचार गरिएको विवादास्पद धार्मिक गुरु भक्तकुमार राई (भकुरा) को उपस्थिति नै थियो । उदयपुर जिल्लाको तत्कालिन मैनामैनी गाविस–२ मा जन्मिएका भकुरा जो आफैले आफैलाई ‘स्वर्गीकदूत सत्गुरुॐ नन्द’ घोषणा गरेका थिए र नागरिकता पनि सोही अनुसार बनाएका थिए । तत्कालिन अवस्थामा माओवादी जनयुद्धलाई असफल पार्न ‘गुरुको भूमिका’ दिएको तत्कालिन सरकारले सोहीअनुसार नागरिकता पनि बनाइदिएका थिए । हाल, भकुरा नेपालको नागरिकता त्यागेर क्यानाडाको नागरिक भएका छन् । उनै विवादास्पद नेपाली–क्यानेडियन नागरिकको सेरोफेरोमा कार्यक्रम घुम्ने भएपछि स्थानीय तथा सरोकारवालाहरुले हात झिकेका थिए । र, कार्यक्रम पूर्णरुपले असफल भयो । 

null

महोत्सवको असफलतासँगै सप्तकोशी नदीलाई मुख्य पर्यटनको आधार बनाउन सकिने सम्भावनाको खोजी गर्ने अभियान सुरु नभइ नै दुखद अन्त्य भयो । जो समग्र उदयपुरवासीकोलागि दुर्भाग्यको विषय थियो भने बेलका नगरपालिकाकोलागि लज्जास्पद । 

यो अवस्था सिर्जना हुनुमा नैतिकरुपले बेलका नगरपालिकाका प्रमुख दुर्गाबहादुर थापा जिम्मेवार देखिन्छन् । जसले आयोजक तथा सरोकारवालाहरुको चरम असहमतिकाबीच भकुरालाई अतिथि बनाउने पदीय ‘दादागिरी’ देखाए । यद्यपि, आयोजक वडा–७ का वडाध्यक्ष सुरेन्द्र राई आफै पनि भकुराको विपक्षमा थिए । आयोजक वडाको असहमतिकाबीच भकुरालाई अतिथि बनाउन राजनीतिक दलका विभिन्न नेताहरुसँग भकुराले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रमको तस्वीर देखाएर नगर प्रमुख थापाले आफ्नाे पदीय हैसियतको दुरुपयोग गरे । कार्यक्रम असफलताको सुरुवात यहीँ पाटोबाट भएको थियो । 

अत्यन्त सफल, दुरदर्शी र स्थापित मानिएका नगरप्रमुख थापाले भकुरालाई अतिथि बनाउनु दुई प्रमुख कारण थियो । पहिलो किरात राई समुदायमा विभाजन ल्याउनु र दोस्रो नगरपालिकाको अघिल्ला दुई कार्यक्रममा उपस्थित हुन नसकेका मुख्यमन्त्रीलाई महोत्सवमा प्रमुख अतिथिको बनाएर विवादास्पद धार्मिक गुरु भकुरालाई पनि सँगै राखेर मुख्य मन्त्रीको बदनाम गराउने । नगरप्रमुख थापाले जसरी षडयन्त्र बुनेर एउटा तिरले दुई शिकार मार्ने जुन प्रयास गरेका थिए, उक्त प्रयासको जवाफ नै महोत्सवको असफलता थियो । मौनरुपमा सभ्य ढङ्गले दिएको उक्त जवाफ यतिबेला बेलका नगरपालिकामा चर्चाको विषय भएको छ । 

 

मुख्यमन्त्री त व्यक्ति हुन्, विवादमा तानिए पनि व्यक्तिगत मामला हुन जान्थ्यो । तर, किरात राई समुदायमा विभाजन ल्याउने गरी नगरप्रमुख थापाले जसरी षडयन्त्र गरे सो विषय निन्दनीय थियो । त्यसैले आयोजकको भित्री कुरा थाहा पाएपछि महोत्सवमा आउने भनेर पक्का भएर प्रचार गरिएका राजेश पायल राई, मेलिना राई, विल्सनविक्रम राईजस्ता कलाकारहरुले ‘कार्य व्यस्तताका कारण कार्यक्रममा आउन नसक्ने’ जानकारी दिए । कलाकारहरुको अनुपस्थिति नै भकुराको उपस्थितिलाई सभ्य ढङ्गले गरेको विरोध थियो । अझ, कलाकारहरुको अनुपस्थितिभन्दा पनि स्थानीयवासीले नै महोत्सवलाई अस्वीकार गर्दै कार्यक्रमममा उपस्थित भएनन् । स्थानीयवासीको अनुपस्थिति पनि नगरप्रमुख थापाले गरेको षड्यन्त्रविरुद्धको सभ्य विरोध थियो । न त कालो झण्डा, न त नारा–जुलुस, विरोधको कुनै स्वरबिना महोत्सव असफल भयो । जो, नगरप्रमुख थापाले गरेको षड्यन्त्रपछिको अपेक्षित परिणाम थियो । तर, यो कदम नगरप्रमुख थापाले पत्तै पाएनन् । 

 

महोत्सव असफलताको अर्काे पाटो भनेको महोत्सवले आफ्नाे उद्देश्य स्पष्ट पार्न नसक्नु नै हो । ‘मैनामैनी पर्यटन महोत्सव’ भनेर पर्यटनलाई जोड दिएको यो महोत्सव पूर्णरुपले धार्मिक महोत्सवजस्तो देखिएको थियो । पर्यटन महोत्सव भनिएको स्थलमा धार्मिक पर्यटनको झल्को दिने गरी भकुराले प्रतिपादन गरेको धर्मको झण्डा वा प्रचार सामग्री राखिनु अत्यन्त दुखद विषय थियो । बेलका नगरपालिका आफै आयोजक भएकोले यो विषयसँग आयोजक जानकार थिएनन् भन्नु हास्यास्पद विषय हुन जान्छ । नगरपालिका र वडा समितिको बजेटबाट आयोजना भएको ‘पर्यटन महोत्सव’ लाई भकुराद्वारा प्रतिपादित धर्मको ‘धार्मिक महोत्सव’ को झल्को आउने बनाउन दिनु नियोजित थियो । पर्यटन महोत्सवलाई ओझेलमा पर्दै भकुराको आयोजनामा भएको धार्मिक महोत्सव बनिरहेको सन्दर्भसँग आयोजक बेलका नगरपालिकाका नगरप्रमुख बेखबर थिए भन्नु मुर्खता हुन जान्छ । किनकि, नगरप्रमुख आफै झापामा गएर अतिथिकोलागि भकुरालाई निम्तो दिएर आएका थिए । कार्यक्रमको असफलतापछि यसको दोष वडा–७ का वडाध्यक्ष सुरेन्द्र राईलाई थोपरेर पानीमाथिको ओभानो हुन नगरप्रमुख थापाले आफ्नाे पदीय दादागिरी अब कसरी देखाउँछन् प्रतीक्षाको विषय बनेको छ । 

कार्यक्रम उद्घाटनकै दिन भकुराले सम्बोधन गरिरहेको बेला पूर्व वडाध्यक्ष दुर्गा राईले कार्यक्रम स्थलमै भकुराको उपस्थितिलाई अस्वीकार गरेका थिए । विभिन्न तिलस्मी कथा बुनेर स्वघोषित ‘भगवानका दूत’ बनेका भकुराको बारेमा उनकै छिमेकी दुर्गा राईलाई थाहा नहुने कुरै थिएन । मञ्चमै भकुराको विरोध भएको दृश्य देखेका नगरप्रमुख थापाले कार्यक्रमको पछिल्लो दिन नै स्थानीयवासीसँग माफि मागेको भए कार्यक्रमले गति लिने थियो । तर, नगरप्रमुख थापाको षडयन्त्र अर्कै भएकोले स्थानीयवासीसँग माफि माग्न चाहेनन् । फलस्वरुप, नगरप्रमुख थापा आफै आफ्नाे षडयन्त्रमा असफल भए नै आफ्नै वडाले घोषणा गरेको मैनामैनी पर्यटन महोत्सव पनि असफल गराए । 

पुष १–७ गतेसम्म भनिएको सो महोत्सवमा ल्याइएको रोटे पिङ पुष २० गतेसम्म उठाउन नसक्नुले कार्यक्रम कति फितलो भयो सहजै अनुमान गर्न सकिन्छ । 

[email protected] 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *