आज मंगलबार, यस्तो छ तपाईंको राशिफल

वि.सं. २०७५ साल पुस १७ गते, मंगलबार। इश्वी सन् २०१९ जनवरी १ तारिख। 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । 

null

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ । 

कर्कट (हि, हु, हे, हो, डा, डी, डु, डे, डो) मति भ्रष्ट हुने समय छ, सचेत रहनु होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त सँग मनमुटाब बढ्ला । सामान हराउन सक्नेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । 

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) हर्ष र प्रसन्नताका बिचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ । 

तुला (रा, रि, रु, रे, रो, ता, ती, तु, ते) रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ । कसै कसैका लागि सन्तान प्राप्तिको योग छ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यी, यु) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । कार्य सम्पादनमा समस्या आउला । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सबैले तपाईंको काममा कुनै न कुनै माध्यमबाट सहयोग गर्नेछन् । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । शुभकार्यको चर्चा चल्नेछ । 

मकर (भो,जा,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिन फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । स्वास्थ्य सबल रहनेछ । 

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *