पब्लिक स्पीकर नेपाल २ ग्रान्ड फेनाले: कसले मार्ला बाजी ?

 

माघ १०, काठमाडौं । पब्लिक स्पीकर नेपाल २ ग्रान्ड फिनाले चरणमा प्रवेश गरेको छ । एक्रेटिभ मिडियाद्वारा आयोजना तथा निर्माण गरी एपीवान एचडी टेलिभिजनमा प्रसारण हुँदै आएको साप्ताहिक कार्यक्रम पब्लिक स्पीकर नेपाल २ आजबाट ग्रान्ड फिनाले चरणमा प्रवेश गरेको हो । 

२ भागमा विभाजित ग्रान्ड फिनाले प्रसारणका लागि माघ १० गते, बिहिबार (आज) र माघ ११ गते, शुक्रबारको मिति तय भएको छ । कार्यक्रम एक्रेटिभ मिडियाको आधिकारिक युट्युब च्यानलमार्फत समेत बेलुकी ८ः४५ बजेदेखि प्रत्यक्ष हेर्न सकिनेछ । एपीवान एचडी टेलिभिजनमा बेलुकी ८ः३० बजे कार्यक्रम प्रशारण हुनेछ ।  

null

प्रान लिची ड्रिन्क मुख्य प्रायोजक रहेको राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता पब्लिक स्पीकर नेपाल २ को विभिन्न १२ स्थानमा आयोजित अडिसनमा देशभरका करीब ११०० युवाले सहभागिता जनाएका थिए जसमध्ये ६ प्रतियोगीले ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्दैछन् ।  

ग्रान्ड फिनालेमा धरानका रमेश प्रसाई, काठमाडौंका प्रज्वल विक्रम विष्ट, काठमाडौंकै मानषी ठाकुर, मकवानपुरकी दिपशिखा घिमिरे, काठमाडौंका प्रनभ काफ्ले र मोरङकी मञ्जिता गुरुङले प्रतिष्पर्धा गर्दैछन् ।  

अडिसन, क्वालिफाइङ्ग, क्वार्टर फाइनल र सेमी फाइनल चरणहरु पार गर्दै विभिन्न ५ प्रतियोगीहरुले निर्णायकहरुको मतको आधारमा ग्रान्ड फिनालेमा आफ्नो स्थान सुरक्षित गरेका हुन् भने सेमी फाइनलबाट बाहिरिएकी १ प्रतियोगीले पब्लिक भोटिङ्ग मार्फत पुनः प्रतियोगितामा प्रवेश पाएकी हुन् ।  

माघ ११ गते, शुक्रबार प्रसारण हुने कार्यक्रममा विजेताहरु घोषणा गरिने छ । पब्लिक स्पीकर नेपाल २ को विजेतालाई नगद तीन लाख रुपैंया प्रदान गरिनेछ भने प्रथम उपविजेताले दुई लाख रुपैंया र द्वीतिय उपविजेताले एक लाख लाख रुपैंया प्रदान गरिने एक्रेटिभ मिडियाका प्रमुख कार्यकारी अधिकृत हरि पोखरेलले बताए । कार्यक्रममा जनताको मतका आधारमा चुनिन सफल प्रतियोगीलाई पब्लिक च्वाइस् उपाधिले सम्मान समेत गरिनेछ ।  

प्रतियोगिताको निर्णायकमा महानायक राजेश हमाल, लैंगिक तथा विकासविद् सरु जोशी श्रेष्ठ, विज्ञ डा. रोशन राठी र लेखिका सितल दाहाल रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *