मुस्ताङमा पहिरोले कालीगण्डकी थुनियो
२०७५ माघ ९ गते

माघ ९, काठमाडौँ । मुस्ताङको घरपझोङ गाउँपालिकाको वडा नं १ र २ को सीमानामा पर्ने छैरो भन्ने ठाउँमा कालीगण्डकी नदी थुनिएको छ ।
बुधबार बिहान १० बजेतिर सुख्खा पहिरो गएपछि नदी थुनिएको हो ।
null
नदीको एकापट्टिको किनार थुनिएर २ सय मिटर फराकिलो ताल बनेको छ भने अर्को तर्फको किनारबाट पानी बगिरहेको बताइएको छ ।
नदी थुनिएको ठाउँमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी पुगिसकेका छन् । रुख विरुवा हटाएपछि पानी बग्न थालेकाले कुनै खतरा छैन ।
२०७५ माघ ९ गते
प्रतिक्रिया
सम्बन्धित








