पानी जहाजमा काम गर्ने नागरिकलाई ‘सी म्यान’ राहदानी दिने तयारीमा सरकार


पुस २९, काठमाडौँ । सरकारले पानी जहाजमा काम गर्ने नेपाली नागरिकहरुको अभिलेख राख्न ‘सी म्यान’ राहदानीको व्यवस्था गर्ने भएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पानी जहाजमा काम गर्ने नागरिकहरुका लागि ‘सी म्यान’ राहदानीको व्यवस्था गर्न लागिएको जानकारी गराए ।
null
आइतबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा ‘राहदानी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’ माथिको छलफलमा भाग लिँदै मन्त्री ज्ञवालीले राहदानीको दुरुपयोग हुन नदिन विद्युतीय राहदानीको व्यवस्था गर्न लागिएको पनि बताए।
बैठकमा समितिका सदस्यहरुले सांसदहरुलाई कूटनीतिक राहदानी लिन अप्ठयारो बनाउने गरी विधेयकमा प्रावधान राखिएको भन्दै सरकारको चर्को आलोचना गरेका थिए।
समितिका सदस्य एवम् नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले कानुनले परिभाषित गरेका ‘सांसदहरुलाई पनि कूटनीतिक राहदानी लिन संसद सचिवालयको सिफारिस चाहिने’ भनि विधेयकमा गरिएको व्यवस्थाप्रति आपत्ति जनाए ।
समितिका सदस्यहरुले राहदानीको दुरुपयोग हुन नदिन पनि सरकारलाई सचेत गराएका थिए।
