समायोजनविरुद्ध निजामती कर्मचारी आन्दोलनमा

 

पुस १६, काठमाडौँ । कर्मचारी समायोजन अध्यादेशको विरोध गरिरहेका निजामती कर्मचारीहरु प्रदर्शनमा उत्रिएका छन् । 

सरकारले आफूहरुको मागप्रति वेवास्ता गरेको भन्दै सोमबार कर्मचारीहरु सडकमै उत्रिएका छन् । 

null

निजामती कर्मचारीहरुले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । आफूहरुको जायज मागलाई वेवास्ता गरी समायोजन अगाडि बढाएको भन्दै उनीहरुले आक्रोश पोखे । 

नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन स‌ंघको आह्वानमा भएको प्रदर्शनमा कर्मचारीहरुले तीनवटै तहमा सरुवा र बढुवाको ग्यारेन्टी गर्नुपर्ने, कर्मचारीप्रति भएको श्रेणीगत र तहगत विभेद खारेज गर्नुपर्ने लगायतका माग गरेका छन् । 

अध्यादेश ल्याएर सरकारले विभेदपूर्ण तरिकाले समायोजनमा पठाउन लागेको भन्दै आन्दोलनमा उत्रिएका कर्मचारीहरुले निजामती सेवा कसैको पेवा हैन, कर्मचारी तन्त्रको विकल्प सुधारिएको कर्मचारीतन्त्र, संघको नाउँ देउ गाउँ जान तयार छौँ, विभेदकारी समायोजन स्वीकार्य छैन लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *