जापानी विदेशमन्त्री आज नेपाल आउँदै

 

पुस २५, काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि जापानका विदेशमन्त्री तारो कोनो नेपाल आउँदै छन् । 

विदेशमन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार अपराह्न नेपाल आउन लागेका हुन् । मन्त्रालयका अनुसार, भ्रमण द्विपक्षीय हितका विषयमा केन्द्रित हुनेछ । 

null

भ्रमणका क्रममा विदेशमन्त्री कोनोले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 

त्यस्तै जापानले नेपालीका लागि रोजगारी खुला गरेकाले यसका प्रक्रियागत समस्या निरुपण लगायत विषयमा छलफल हुनेछ भने नेपाल र जापानबीच हवाई सेवा सम्झौता गर्ने तयारी पनि छ । 

नेपाल–जापान सिधा उडान प्रारम्भ हुने वित्तिकै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन अधिकाधिक जापानी पर्यटक नेपाल भित्र्याउन मद्दत पुग्नेछ । काठमाडौँमा करिब २१ घण्टा रहँदा जापानी पाहुनाले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 

सरकारको ‘समृद्ध नेपाल‚ सुखी नेपाली’को लक्ष्यलाई सफल पार्न जापानबाट थप सहयोग जुटाउनमा केन्द्रित हुने बैठकमा पूर्वाधार विकास तथा सम्पर्क सञ्जाल विस्तार‚ प्रविधि हस्तान्तरण‚ गरीबी निवारण‚ जलवायु परिवर्तन‚ सूचना प्रविधि, पर्यटन, विपद व्यवस्थापनलगायत विषयमा छलफल हुनेछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *