कांग्रेसको अवरोधकाबीच चिकित्सा शिक्षा विधेयक संसदबाट पारित

 

माघ ११, काठमाडौँ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५ बहुमतले पारित भएको छ । 

नेपाली कांग्रेसको विरोधकाबीच शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेको हो । 

null

सांसद भुसाल बोले लगतै रोष्टम घेराउ गरेका काँग्रेसले सांसदहरूले आज पनि शिक्षामन्त्री गिरिजामणि पोखरेललाई घेरेका थिए । 

तर कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजे पनि मर्यादापालकले रोष्टममा पुर्‍याए । लगतै विधेयकमाथि छलफल गर्न समय दिए तर, कसैले पनि भाग लिएनन् । 

शिक्षामन्त्री पोखरेल पेस गरेको विधेयक दवाफार छलफलमा कसैले पनि भाग नलिएपछि बहुमतका आधारमा पारित गरिएको हो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *