चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

 

माघ २, काठमाडौँ । प्रदेश न ४ मनाङ ‘ख’ का विजयी सांसद राजिव गुरुङ ‘दीपक मनाङ्गे’ ले चलचित्र निर्माण गर्ने भएका छन् । 

विवाहित दम्पतीको प्रेमकथामा बन्न लागेको चलचित्रको नाम भने जुर्न बाँकी छ । दीपक मनाङ्गेको चलचित्रलाई शिशिर राणाले निर्देशन गर्ने पक्का पक्की भइसकेको छ । 

null

रेड वर्ड प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको चलचित्रमा श्यामबहादुर थापाको प्रस्तुति रहने छ भने रघु परियार र किरण नेपाली कार्यकारी निर्माता रहने छन् । 

चलचित्रको एक गीत रेकर्ड भइसकेको छ । फिल्मका लागि छिट्टै कलाकार पनि ढुङ्गो लाग्ने निर्देशक शिशिर राणाले जानकारी गराए । 

आगामी चैत अन्तिम साताबाट छायांकन सुरु गरिने बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − one =