कालिकोटका आगलागी पिडीतलाई राप्रविस (प्रजातान्त्रिक)द्वारा राहत वितरण

पुस २७, काठमाडौं । कालिकोटको पलाता गाउँपालिकाका आगलागी पिडीतलाई राहत वितरण गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र भातृसंगठन राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठन (प्रजातान्त्रिक)ले राजधानीमा संकलन गरेको राहत वितरण गरेको हो ।
विद्यार्थी संगठनले तीन साता अघि संकलिन राहत पलाता गाउँपालिका स्थित आगलागी स्थलमै पुगेर पिडीतलाई राहत वितरण गरेको विद्यार्थी संगठनका बरिष्ठ उपाध्यक्ष निराजन बमले बताए ।
null
कालिकोट जिल्ला पलाता गाउँ पालिका वडा न १ मा भएको भीषण आगलागीबाट प्रभावित घर परिवारलाई राप्रपा (प्रजातान्त्रिक) जिल्ला कार्य समितिको पहल र राप्रबिस (प्रजातान्त्रिक ) केन्द्रिय कार्यसमितिको सक्रियतामा दुई हप्ता लामो राहत संकलन गरिएको थियो ।
संगठनले आगलागी पिडीतलाई एक/एक थान ब्ल्याङ्केट र कमल, त्रिपाल, महिलाहरुका लागि साडी तथा लत्ताकपडा वितरण गरेको छ । संगठनले सो क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ११५ जनाको स्वास्थ्य परीक्षण समेत गरेको छ । स्वास्थ्य शिविरमा निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।
राहत वितरणमा राप्रपा(प्र) भक्तपुर जिल्ला कार्य समितिका कोषाध्यक्ष केशव प्रसाद अधिकारी, कालिकोट जिल्ला कार्य समिति सदस्य मानसिङ बम राप्रबिस केन्द्रिय उपाध्यक्ष युवराज राना, महासचिव सानुकाजी बस्नेतको सहभागिता रहेको थियो । निःशुल्क स्वास्थ्य शिविरलाई डा. अजित शाह, डा. शिब शाह सामाजिक क्षेत्रमा काम गर्ने सुनिल चिमरिया, विबेक थापा र राज थिङ लगायतले सहयोग गरेका थिए ।








