छानबिन शुरु गरेपछि प्रदेश नं ५ का लेखा समिति सभापतिले फिर्ता गरे गाडी

 

पुस २७, खस्यौली । प्रदेश नं ५ को सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले प्रदेश सचिवालयले उपलब्ध गराएको गाडी आज फिर्ता गरेका छन् । 

उनले सचिवालयको जिन्सी शाखा प्रमुख कृष्ण गौतमलाई लु १ झ ४४१ नं को गाडीको साँचो फिर्ता गरेका हुन् । केही दिनयतादेखि गाडी खरीदमा अनियमितता भएको भन्दै समाचार बाहिर आएपछि उनले गाडी फिर्ता गरेका हुन् । 

null

‘गाडीको कागजात झिकाइ छानबिन शुरु गरेपछि गाडी चढ्नु उपयुक्त लागेन । त्यसैले नैतिकताको आधारमा गाडी फिर्ता गरेको छु’, सभापति चौधरीले भने, ‘प्रदेशसभा सचिवालयले विभिन्न समितिका सभापति, दलका मुख्य सचेतक, प्रदेशसभा सचिव लगायतलाई १३ वटा गाडी खरीद गरेको थियो ।’ 

यसैबीच सार्वजनिक लेखा समितिले खरीद गरिएका सबै गाडीको फाइल झिकाएर छानबिन प्रक्रिया शुरु गरेको छ । 

समितिको शुक्रबार बसेको बैठकमा गाडीको विषयमा बाहिर आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खरीद गरिएका सबै गाडीको कागजातको प्रारम्भिक अध्ययनको लागि समितिका सदस्य कुलप्रसाद पोखरेलको संयोजकत्वमा छानबिन कार्यदल गठन गरेको छ । 

कार्यदलमा वैजनाथ जयसवाल र कल्पना पाण्डे सदस्य छन् । संयोजक पोखरेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट प्रदेशसभा सदस्य छन् भने पाण्डे राष्ट्रिय जनता पार्टी र जयसवाल नेपाली काङ्ग्रेसका तर्फबाट प्रदेश सदस्य हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =