अशक्त दम्पत्तिलाई नेप्लिज युथ अर्गनाइजेसनको सहयोग

 

माघ १४, धरान । शारिरीक रुपमा अशक्त धरानका एक दम्पत्तिलाई आर्थिक सहयोग गरिएको छ । धरान १० मा टेर्लस सञ्चालन गर्दै जिवन यापन गर्दै आएका उमेश परियार र सुनिता राईलाई नेप्लिज युथ अर्गनाइजेसनले नगद २१ हजार आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।  

हिजो आइतबार नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङ, नेप्लिज युथ अर्गनाइजेसन युकेका निवर्तमान अध्यक्ष रिचार्ड गुरुङ्गको विशेष पहलमा उक्त रकम सहयोग जुटाई हस्तान्तरण गरिएको हो । 

null

दुईवटै आँखाको दृष्टि गुमाएका उमेश परियार र बायाँ खुट्टा गुमाएकी उनकी धर्मपत्नी सुनिताको पिडामा थोरै भएपनि मल्हम लगाउन तरुण दल सुनसरीका सभापति सिजन गुरुङले पहल गरेका थिए । उनकै सक्रियतामा अशक्त दम्पत्तिलाई उक्त रकम प्रदान गरिएको थियो ।  

राजनीतिसँगै सामाजिक क्षेत्रमा सक्रिय युवा सिजन गुरुङले अशक्त दम्पत्तिलाई घरमै गएर उक्त रकम हस्तान्तरण गरेका थिए । नेप्लिज युथ अर्गनाइजेसनका अध्यक्ष धिरज राईले संस्थाले नेपालमा धेरै स्थानहरुमा अपांङ्ग, अशक्तलाई सहयोग गर्दै आइरहेको बताउँदै सोहि क्रममा धरानका अशक्त दम्पत्तिका बारेमा जानकारी आएपछि सहयोग जुटाइएको बताए ।  

रकम हस्तान्तरण गर्दै युवा नेता सिजन गुरुङले युवाहरुलाई समाज सेवामा लाग्न अभिप्रेरित गर्न सामाजिक काम गर्नुपर्ने बताए । ‘प्रदेशमा रहेर पनि अर्गनाइजेसनले समाजमा रहेका अपाङ्ग, अशक्तका लागि गरेको सहयोग उदाहरणीय छ । हामी युवाहरुले पनि आफ्नो क्षेत्रबाट यस्ता काम गर्नुपर्दछ ।’ उनले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 1 =