छोरीलाई जन्मदिए खाता खाेली रू पाँच हजार नगद पनि जम्मा गरिदिने
२०७५ पुस २७ गते

पुस २७, चितवन । छोरी जन्मिए जन्माउने र जन्मिने दुबैलाइ जनही पाँच पाँच हजार रुपैयाँ दिने नियम इच्छाकामना गाउँपालिकाले गरेको छ । गाउँपालिकाले यहाँको गाउँपालिकाभित्र रहेका सम्पुर्ण स्वास्थ्य संस्थामा जन्मिएका छोरीको नाममा रकम सहितको बैंक खाता नै खोलिदिने भएको छ ।
उक्त खातामा बालिकाको खाता खोलिदिने र खोलिएको उक्त खातामा पाँच हजार जम्मा गरी अभिभावकलाई पनि सोही बराबरको रकम दिने निर्णय बनाएको इच्छाकामना गाउँपालिकाकी प्रमुख गीता गुरुङले बताइन् ।
null
गुरुङका अनुसार गाउँपालिका भित्र बच्चा जन्माउने चार वटा केन्द्रमा जन्मिएका छोरीका नाममा खाता खोलिदिन लागिएको बताए । सो गाउँपालिकामा जनसंख्या २५ हजार १२ रहेको छ । जसमध्ये १३ हजारभन्दा बढी महिला रहेका छन् ।
२०७५ पुस २७ गते
प्रतिक्रिया
सम्बन्धित








