यज्ञराजले दुर्गादेवीलाई किन कुटे ? मानसिक अवस्था फेरि असामान्य भएको हो ?

 

पुस २७, काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घरमा कलह सुरु भएको छ । 

बुधबार निर्मलाकी आमा दुर्गादेवी पन्तले निर्मलाको शवबाट निकालिएको भजाइनल स्वाबको बैधानिकता जाँच्न डिएनए परिक्षणका लागि रगतको नमूना दिएकी थिइन् । यसै कारणले निर्मलाका बुवा यज्ञरात पन्तले आमा दुर्गादेवीमाथि कुटपिट गरे । 

null

छोरा नजन्माएको भन्दै कान्छी विवाह गरेर छुट्टै बस्दै आएका यज्ञराजले सल्लाह नै नगरी अरुले उक्साएको भरमा सरकारले दिएको राहत बुझ्न डिएनए परिक्षणका लागि तयार भएकी भन्दै निर्मलाकी आमा दुर्गादेवीमाथि कुटपिट गरेका हुन् ।  

यज्ञराजले भने आफूले कुटपिट गरेको अस्विकार गरेका छन् । उनले आफूले कुटपिट नगरी सम्झाएको बताए । 

निर्मलाकी आमा दुर्गाले राहत बुझेर दुई छोरीहरूको भविष्य बनाउने भनेपछि निर्मलाले न्याय पाएपछि मात्रै राहत बुझ्ने घोषणा गरेका यज्ञराज र उनकी कान्छी श्रीमती लक्ष्मीले राहत बुझे आत्महत्या गर्ने चेतावनी दिइरहेका छन् । 

यता निर्मलाकी कान्छी आमा लक्ष्मीले छोरीको हत्या भएको ६ महिना बित्दा समेत अपराधी पत्ता नलागेपछि यज्ञराजको मानसिक अवस्था फेरि बिग्रिएको बताएकी छन् । 

यज्ञराजले अचेल मध्यरातमा उठेर रुने, नजिक रहेका व्यक्तिलाई हप्काउने, गाली गर्ने जस्ता असामान्य व्यवहार देखाउन थालेको उनले बताइन् । 

यसअघि छोरीको न्याय माग्दै धर्नामा बसेका बेला यज्ञराजको मानसिक अवस्था असामान्य भएपछि उनलाई काठमाडौँ ल्याएर उपचार गरिएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 8 =