१२ वर्षीय बालिकालाई बलात्कार गर्ने पक्राउ

माघ २, बुढीगङ्गा । बुढीगङ्गा नगरपालिका–८ नुवाकोट ४७ वर्षीय दलबहादुर थापालाई मङ्गलबार प्रहरीले बालिका बलात्कारको आरोपमा पक्राउ गरेको छ । 

थापाले १२ वर्षीय बालिकालाई गोठमा भैँसीलाई पानी र घाँस हाल्न गएको बेलामा बलात्कार गरेको जिल्ला प्रहरी कार्यायमा पीडितकी आमाले उजुरी दिएकी छिन् । 

उजुरीपछि थापालाई पक्राउ गरी हिरासतमा राखि अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *