फरार अभियुक्त पक्राउ

माघ १७, लहान ।  जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका दुई युवकलाई सिरहा प्रहरीले आज पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय महेशपुरपत्तारबाट खटिएको प्रहरी टोलीले जबर्जस्ती करणी मुद्दामा फरार नवराजपुर गाउँपालिका–३ निवासी २१ वर्षीय रामसेवक यादव र ज्यान मार्ने उद्योग मुद्दामा फरार सोही ठाउँ बस्ने १९ वर्षीय पङ्कज सदायलाई पक्राउ गरेको हो । 

पक्राउ परेका दुवैलाई आजै जिल्ला अदालत सिरहामा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए । 

null

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *