मगर समुदायद्धारा धरानमा माघे संक्रान्ति मनाईयो : सरकारले बिदा नदिएको गुनासो

 

माघ १, धरान । मगरहरुको प्रमुख राष्ट्रिय साँस्कृतिक चाड माघे संक्रान्ति हो । माघे संक्रान्ति मगर समुदायको नयाँ वर्षको सुरुवात पनि हो । माघे संक्रान्ति अर्थात सार ल्हेस मगर जातिको फूलको वर्षाको रुपमा मनाइन्छ । 

नयाँ यामको सुरुवात यसै दिनदेखि उभौली सुरु भई साउने संक्रान्तिमा समापन भई सोही दिनदेखि उधौली सुरु हुने प्रचलन पनि रहेको छ । यस चाडमा चेलीहरुले मुलको पानी र जमरा स्वरुप जौं को फूल लिएर घरको धुरी खावोमा पूजा गर्ने गरिन्छ । यस दिन छोरी चेलीलाई माइतीहरुले पूजा गर्ने गरिन्छ । चामलको सेतो टिका र जौं पाटीको फूल लगाई दक्षिणा अनि आशिर्वाद दिने चलन छ । 

null

माघे संक्रान्तिको दिन छोरी चेलीहरुलाई (मिस्रा उपहार) दिने गरिन्छ । घरमा रहेकाहरुलाई घरमै र घरमा नआएका चेलीलाई घर–घरमा पठाई दिने चलन पनि मगर जातीहरुमा रहेको छ । मिस्रा भन्नाले तरुल, गि, भ्याकुरको परिकारहरु भुजौरी, खिचडी, घ्यूको परिकार बनाइएको परिकार हो यस चाडमा मौलिक रुपले भैले खेल्ने, पुतली नाच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने धनुषवाण हान्ने गरिन्छ । 

 

साँस्कृतिक हिसाबले यस चाडदेखि कौडा नाचको शुरुवात गर्ने र मादल बाजाहरु (चर्को आवाज निकाल्ने बाजागाजा) बन्द गर्ने गरिन्छ । यसै सन्दर्भमा मगर समुदायले सुनसरीको धरानमा पनि हरेक बर्ष झै यस बर्ष पनि सार ल्हेस कार्यक्रमको आयोजना गरी पर्वको शुभकामना आदान प्रदान गरेको छ । मंगलबार सुनसरीको धरान १० स्थित सैनिक भवनमा एक कार्यक्रममा बिच सो पर्व मनाएको नेपाल मगर संघ धरान नगर समितीका अध्यक्ष चित्र थापा मगरले जानकरी दिएका छन् । नेपालको सबै जिल्लाहरुमा बसोबास रहेको मगर समुदायभित्र पनि साँस्कृतिक, भाषिक र सामाजिक विविधता रहे तापनि मौलिक साँस्कृतिक रुपले मगरले माघे सक्रन्तिलाई राष्टिूय साँस्कृतिक चाड मान्नुपर्नै भन्दै सरकारले सरकारी तबरबाट सार्वजनिक बिदा नदिएकोमा कार्यक्रमका वक्ताहरुले गुनासो समेत पोखेका छन । 

सोही कार्यक्रममा वक्ताको रुपमा सम्बोधन गर्दै खम्ुवान राष्ट्रिय मोर्चा नगर अपाध्यक्ष प्रेमराज राईले बहुमतीय बामपन्थी सरकारले पक्षपाती काम गरकेो आरोप लगाउँदै जातिय बिभेद गरेको समेत आरोप लगाए । मगरहरुले मान्ने चाड भूम्यापूजा, बैशाखे पूर्णिमा, साउने सक्रन्ति लगायतका चाड पनि सबैले मनाउदै आएकोले १ नं प्रदेश सरकारले जातियताका आधारमा सरकारी बिदा नदिएर बिभेद गरेको दावी गरे । 

सोही कार्यक्रममा आदिवासी जनजाती महिला महासंघ धरान नगर समितीकी अध्यक्ष चन्द्र कला प्रधानले कला सँस्कृतिको हिसाबले मगरहरुमा हुर्रा, सोरठी, कौडा, मारुनी, पैसारु, टप्पा, सरङ्या, यानिमाया आदि नाचगान गर्ने प्रचलित रहेकोले सरकारले बिदा कटौती गरकोमा खेद प्रकट गरे । प्रधानले आफुहरुको अधिकारमा समेत कटौती गर्नै बामपन्थी सरकार जनताको नभएको आरोप लागाएकी थिईन । 

कार्यक्रममा प्रमुख अतिथीका रुपमा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर मन्जु भण्डारीलाई बोलाईए पनि उनी ढिलो पुगेकाले बिशेष अतिथी मगर संघ धरान नगर समितिका उपाध्यक्ष तिल बहादुर पुलामी मगरले कार्यक्रमको उदघाटन गरेका थिए । कार्यक्रम दिउँसो १ बजे कार्यक्रम सुरु हुने भनिए पनि दिउँसो २ बजे मात्र सुरु भएको थियो भने कायक्रमका प्रमुख अतिथि भण्डारी २ बजेर ४० मिनेटमा कार्यक्रम स्थल पुगेका थिए । कार्यक्रमका अधिकाशं वक्ताले कटौटी गरेको सरकारी बिदाको बिरोधमा आफना मन्त्वय राखेका थिए भने कार्यक्रममा बिभिन्न राजनितिक दलका नेताहरु, कलाकार शिव थापा मगर,अम्बिका दवाडी, समिर बराईली, बिष्णु तामाङ संगै मिना पुलामी मगर,मिना थापा मगर,मिस मंगोल सरुपा थापा मगर लगायतको सहभागिता रहेको थियो । 

सोही कार्यक्रममा म्युजिकल चेयर,टोपी लुकाउने प्रतियोगिता, हन्डी फोड् प्रतियोगिता लगायतका खेलकुद समेत खेलाईएको नेपाल मगर संघ धरान नगरका अध्यक्ष चित्र थापा मगरले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *