चिकित्सकको रिले अनशन सुरु

 

माघ १४, काठमाडौँ । चिकित्सा शिक्षा विधेयक डा. केसीको माग विपरित पारित गरेको विरोधमा चिकित्सक संघ सम्बद्ध चिकित्सकहरुले सोमबारदेखि रिले अनशन सुरु गरेका छन् । 

नेपाल चिकित्सक संघको अगुवाइमा सुरु भएको रिले अनशनमा चिकित्सकहरुले डा. गोविन्द केसीको जीवनरक्षाको माग गरेका छन् । माग पूरा नहुँदासमम्म हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अनशन गरिने चिकित्सक संघका अध्यक्ष डा। मुक्तिराम श्रेष्ठले बताए । 

null

उपत्यकाका चिकित्सकले त्रिवि शिक्षण अस्पताल र जिल्ला बाहिरका चिकित्सकले आफू कार्यरत अस्पताल वा संघको शाखा कार्यालयमा धर्ना दिने बताइएको छ । डा. केसीको अनशन नतोडिएसम्म अनशन जारी राख्ने संघको भनाइ छ । 

यसअघि संघले सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो । तर सरकारले मागप्रति बेवास्ता गरेपछि उनीहरुले रिले अनशन सुरु गरेका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *