अनसनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै

 

इलाम, पुस २७ । चिकित्सा शिक्षा सुधारको माग गर्दै इलाममा १६ औं चरणको सत्याग्रहमा रहेका वरिष्ठ चिकित्सक गोविन्द केसीको अनसन तेस्रो दिन शुक्रबार पनि जारी रहेको छ । 

तेस्रो दिनसम्म आइपुग्दा डा. केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको छ । बुधबारदेखि इलाममा अनसन थालेका डा. केसीको स्वास्थ्य अवस्था गएरातिदेखि बिग्रन थालेको हो । 

null

उनको रक्तचाप कम हुँदै गएको केसीको स्वास्थ्य जाँचमा खटिएका डा. रामकृष्ण आचार्यले जानकारी दिए । शरीरमा पसिना आउने तथा छाती दुख्ने भएपछि इलाम जिल्ला अस्पतालको चिकित्सकहरुको टोलीले उनको स्वास्थ्य परीक्षण गरेको थियो । 

चिकित्सकहरुले उनको शरीरमा चिनीको मात्रा घटेको हुनसक्ने अनुमान गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − sixteen =