अशक्त गोरीमाया भन्छिन्: अब त अस्पतालले समेत पत्याउन छाडे

पुस २७, चितवन । एउटा झुपडी छ, त्यसमा काठमाथि गुन्द्री छ । मैलो परेका थोत्रा कपडा पनि । घर बारबेर छैन । लाग्छ त्यहाँ पनि मान्छे बस्छ र ? तर, गोरीमाया चेपाङ्ग विगत ४ बर्षदेखि त्यही झुपडीमा अशक्त शरीर लिइ पीडाका साथ दिनरात कटाइरहेकी छिन् ।
उनको त्यो घर होईन माईत हो । सगैँ जिउने अनी संँगै मर्ने कसम खाइ एक अर्काको दुख–सुखमा साथ दिने भनी आज भन्दा ठिक १३ बर्ष अघि चितवन स्थित इच्छाकामना गाउँपालिका २ काउले तोरडाँडाकी गोरीमाया चेपाङ्ग र कालिका नगरपालिका १० छेरबाङका चन्द्रबहादुर चेपाङ्गले प्रेम विवाह गरे । विवाह भएको केही बर्षसम्म उनीहरुको दाम्पत्य जीवन सुखद नै रह्यो । उनको साथमा ९ र ८ बर्षकी छोरीहरु छन् । उनीहरुलाई पालन पोषण र पढाउनका लागि पनि आर्थिक अवस्था पनि कमजोर रहेको गोरीमायाका बाबु रामबहादुर चेपाङले बताए ।
null
आफ्नै खेतबारीको उब्जनीले खान पुग्थ्यो बस्तुभाउ पनि पालेका नै थिए । दुखःसुख जिन्दगी चलिरहेकै थियो । तर, दैवको लिला उनीहरुको जीवनमा ठूलो बज्रपात आईलाग्यो । बि.सं २०७१ साल चैतमा गोरीमायाको घाँस काट्न गएका बेला रुखबाट लडेर मेरुदन्ड भाँचियो । मेरुदण्ड भाँचिएपछि ऋणधन गरेर देशका बिभिन्न अस्पतालहरु धाए तर, पनि अवस्था २० को १९ भएन । डाक्टरहरुले निको नहुने बताए पछि घरमै फर्किए उनी । गोरीमाया भन्छिन् ‘हामी संँग उपचारका लागि पैसा थिएन उपचार गर्ने पैसा नभएर होकी डाक्टरहरुले हामीलाई पत्याएन’ उनी भन्छिन् ‘उपचार हुदैँन भनेर त्यसै फर्काइदियो’ । पैसा भए अझै एक पटक उपचारका लागी अस्पताल जाने गोरीमायाको सोच छ ।
घर फर्किएको तीन महिनासम्म त श्रीमानले स्याहार सुसार गरेकै थियो । आर्थिक रुपले पनि कमजोर बन्दै गयो उनको परिवार । दुःखका दिन सुरु भईसेकेको गोरीमायाको जीवनमा फेरी अर्को पीडा थपियो अशक्त भएको बर्षदिन नपुग्दै उनका श्रीमानले अर्कैसंँग विवाह गरे । दुःखका बेला अर्कैसँग विवाह गरेपछि बिक्षिप्त बनेकी गोरीमाया घरमा बस्न सकेनन् । उनी दुई छोरी साथमा लिएर माईत फर्किईन् । श्रीमानले अर्कै विवाह गरेपछि बस्न मन लागेन मन दुखेर आयो, दुःख सुःखमा साथ दिने बाचा गरेका श्रीमानले नै अर्कैसंँग विवाह गरेपछि उनी घर बस्न सकिनन् । यता, बा–आमाले पनि हेला हुन्छ भनेर लिन आएपछि म दुई छोरीसँगै लिएर माईत फर्किए उनले भनिन् ।
६ महिनाअघि एकपटक श्रीमान भेट्न आएको उनले बताईन् । उनले थपिन् घरको अवस्था पनि अहिले निक्कै कमजोर छ त्यसैले होला श्रीमानले मेरा लागी केही पनि हेरेको छैन । उनको शरीरको तल्लो भाग र दुई ओटा खुट्टा चल्दैनन् । उनी अहिले दिशा–पिसाब पनि अरुकै साहारामा गर्छिन् । शरीर पोल्ने दुख्ने पीडाले छटपटीन्दै बाँच्न बाध्य छिन् । अहिलेसम्म कुनै पनि निकाय व्यक्तिबाट सहयोगत नपाएको उनको भनाई छ । गोरीमायाले अपांग भत्ता समेत पाएकी छैनन् ।








