बलात्कारबाट जन्माएको शिशुको जिम्मा एसओएस स्कुलले लिए

 

माघ ८, चितवन। अज्ञात समूहको बलात्कारबाट गर्भवती भएकी एक अविवाहित युवतीले केही दिनअघि चितवन मेडिकल कलेजमा जन्माएको नवजात शिशुको जिम्मा एसओएस स्कुल भरतपुरले लिएको छ । 

चितवन मेडिकल कलेजमा प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बहादुर बस्नेतको उपस्थितिमा नवजात शिशु एसओएस स्कुलका प्रमुख भोला शर्मालाई हस्तान्तरण गरिएको हो । करणीमा संलग्न पुरूष व्यक्ति थाहा नभएको, जन्मदिने आमा पनि सुस्त मनःस्थितिकी भएकीले शिशुको हेरचाह र पालनपोषणमा समस्या हुने भएपछि एसओएसले बच्चाको जिम्मा लिएको हो । 

null

सात महिनाको गर्भ रहेको अवस्थामा १९ वर्षीया चेपाङ किशोरीेलाई गत मंसिर १२ गते उद्धार गरिएको थियो । मानसिक रोगी भएको फाइदा उठाई कसैले जबर्जस्ती करणी गरेको हुन सक्ने स्थानीयको भनाइ छ । 

न्यायकै लागि सुन्तलीका परिवारले मंसिर १२ गते बुधबार इलाका प्रहरी कार्यालय भण्डारा र राप्ती नगरपालिकामा निवेदन दिएका छन् । तर, चितवन प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले यस घटनाका दोषी पत्ता नलागेको बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *