अष्ट्रेलियन भिसा प्रणालीमा परिवर्तन, ५ थरीका भिसा लागू

 

मेलबर्न । अष्ट्रेलिया सरकारले यो वर्ष अर्थात २०१९ देखि लागु हुने गरि भिसा प्रणालीमा विभिन्न परिवर्तन ल्याएको छ । पार्टनर भिसा, अभिभावक भिसा, विद्यार्थी भिसा, कामदार भिसा, उद्धमी भिसा आदिमा यो वर्ष देखि महत्वपूर्ण परिवर्तन हुनेछन् । 

२०१९ मा अष्ट्रेलिया आउन चाहने विद्यार्थीहरुको लागि ‘शो मनि’ बढ्नेछ । एक्लै आउने विद्यार्थीले २० हजार २ सय ९० डलर र पाटनर सहित आउनेले त्यसमा थप ७ हजार १ सय डलरको ब्यालेन्स देखाउनु पर्नेछ । बच्चाको हकमा एकजना बच्चाको लागि ३ हजार ४० डलर देखाउनु पर्नेछ । 

null

अष्ट्रेलियामा रहने छोरा छोरीले लामो समय बस्नको लागि अष्ट्रेलिया ल्याउन पाउनेछन् । उक्त अभिभावक भिसा ३ वर्ष र ५ वर्ष अवधिको हुनेछ । तीन वर्षको भिसाको लागि ५ हजार डलर र पांच वर्षको भिसाको लागि १० हजार डलर लाग्नेछ । भिसा रिन्यु गरेर १० वर्षको अवधिसम्म बनाउन पाइनेछ । 

घरेलु हिंसा अन्त्यको लागि अष्ट्रेलिया सरकारले कडाइ गर्ने भएको छ । गत नोभेम्बरमा पास भएको नियम अनुसार २०१९ देखि पाटनर भिसाको लागि आवेदन दिने स्पोन्सरको चारित्रिक जांचमा कडाइ गरिनेछ । यसको लागि पार्टनर भिसा प्राप्त गर्न केही लामो समय लाग्नेछ । 

अष्ट्रेलियाको गृह मन्त्रालय विभागले स्पोन्सर गरिएका कामदारलाई कम तलब दिने कम्पनीहरुको बारेमा निगरानी बढाउनेछ । विभागले ४५७/४८२ अन्तर्गत रहने कामदारहरुको ट्याक्स फाइल नम्बर संकलन गर्नेछ । त्यसको आधारमा विभागले कम्पनीले उचित तलब दिए/नदिएको जांच गर्नेछ र कारबाही अगाडी बढाउनेछ । 

दक्षिण अष्ट्रेलियाले व्यवसायिक भिसा भन्दा सजिलो गरि उद्धमी भिसा उपलब्ध गराउने योजना अगाडी बढाएको छ । यो भिसाको लागि आइएलटिएसमा ५ ल्याए हुनेछ भने २ लाख डलरको लगानी पनि आवश्यक पर्नेछैन । यसको लागि रचनात्मक आइडिया रहेको बिजनेस प्लान सहितको निवेदन बुझाउनुपर्नेछ । 

स्रोत : एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *