९ सय एम्पल लागुऔषधसहित भारतीय नागरिक थानकोट प्रहरीको फन्दामा
२०७५ माघ ९ गते

माघ ९, काठमाडौँ । राजधानीको मुख्य नाका नागढुङ्गामा लागुऔषधसहित एक जनालाई महानगरीय प्रहरी वृत्त थानकोट अन्तर्गत नागढुङ्गाले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गा प्रमुख ज्ञान बहादुर खड्काको नेतृत्वको टोलीले यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा अवैध लागुऔषध सहित एक जनालाई पक्राउ गरेको हो।
null
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले वीरगञ्ज बाट काठमाडौँतर्फ आउँदै गरेको ना ८ ख ३७९१ नम्बरको यात्रुबाहक बसवाट लागुऔषध सहित भारत विहार मोतिहारी जिल्ला हरैया थाना वडा नं. ४ का १८ वर्षीय अनिस कुमारलाई पक्राउ गरेको बताए ।
थानकोटका प्रहरी उपरीक्षक थापाले उनको साथवाट झोला भित्र लुकाई छिपाई लिई आएको लागु औषध नुफिन १०० एम्पल, फेनारगन ४०० एम्पल र डाईजेल्याब ४०० एम्पल फेला परेको जानकारी दिए ।
२०७५ माघ ९ गते
प्रतिक्रिया
सम्बन्धित








