नयाँ वर्ष सन् २०१९ आजबाट सुरु

 

पुस १७, काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आज (मंगलबार) देखि नयाँ वर्ष सन् २०१९ सुरु भएको छ । 

ऐशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ । 

null

नयाँ वर्ष सन् २०१९ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले एकापसमा शुभकामना आदान प्रदान गरी मनाउँछन्। 

अंग्रेजी नयाँ वर्ष नेपालमा पनि शुभकामना आदानप्रदान तथा विभिन्न कार्यक्रमहरु गरी मनाइन्छ । नयाँ वर्षमा विभिन्न पर्यटकीय स्थलहरुः पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहा, चन्द्रागिरी लगायतका स्थानहरुमा मानिसहरुको भीड नै लाग्छ । त्यस्तै धार्मिक स्थलहरुमा गएर पूजाआजा गर्ने चलन पनि छ । 

विश्वभरका नेता तथा मन्त्रीहरुले नयाँ वर्षको शुभकामना दिइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुभकामना सन्देश जारी गरेका छन् । 

उनले सन् २०१९ मा समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । साथै उनले जनताको अपेक्षलाई विफल हुन नदिने संकल्प पनि गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eight =