समाचारको विषयलाई लिएर धम्क्याएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण

माघ २, काठमाडौँ ।  नेपाल पत्रकार महासङ्घले इलाम शाखाका सदस्य एवं कान्तिपुर दैनिकका संवाददाता विप्लव भट्टराईसहितका पत्रकारलाई समाचारको विषयलाई लिएर धम्क्याएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

झापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले पत्रकारलाई टेलिफोनमार्फत गालीगलौज गर्दै धम्क्याएको महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

महासङ्घ इलाम शाखाका अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै केही दिनदेखि इलाममा अनशनरत डा गोविन्द केसीलाई बीएण्डसी अस्पतालका तर्फबाट चैतन्य मैनाली नाम गरेका व्यक्ति भेट्न आएको विषयमा टेलिफोनमार्फत बुझ्न खोज्दा अस्पतालका सञ्चालक प्रसाईंले भट्टराईलगायतका पत्रकारलाई गालीगलौज गर्दै धम्क्याएका थिए । 

null

स्वतन्त्रतापूर्वक पेशागत धर्म निर्वाहमा जुटेका पत्रकारलाई बिनाकारण गालीगलौज गर्दै धम्की दिइएको घटना प्रेस स्वतन्त्रता विरोधी काम भएको महासङ्घको ठहर छ । महासङ्घले प्रेस स्वतन्त्रता विरोधी कार्यको घोरभत्र्सना गर्दै पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न र यस्ता घटना नदोहोर्याउन सम्बन्धित पक्षसँग माग गरेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =