पब्लिक स्पीकर नेपाल २ को उपाधि धरानका रमेश प्रसाईलाई

माघ ११, काठमाडौं । पब्लिक स्पीकर नेपाल २ को उपाधि धरानका रमेश प्रसाईले हात पारेका छन् । फाइनल चरणमा ५ जना प्रतिष्पर्धीलाई पछि पार्दै रमेशले उपाधि हात पारेका हुन् ।  

देशका १२ स्थानमा भएको अडिसनमा सहभागी ११ सय प्रतिष्पर्धीबाट रमेशले उपाधि माथि कब्जा जमाए । उनले प्रमुख उपाधिको साथै पब्लिक स्पीकर नेपाल २ को पव्लिक च्वाइस अवार्ड विधा समेत हात पार्न सफल भए । रमेशले नगद तीन लाख र ट्रफी हात पारे । रमेश प्रसाई धरानका सञ्चारकर्मी समेत हुन् ।  

 

null

प्रतियोगिताको फस्ट रनरअप काठमाडौका प्रनव काफ्ले भए । उनले नगद रु २ लाख हात पारे । काठमाडौंकै मानसी ठाकूर सेकेण्ड रनरअप हुँदा उनले एक लाख प्राप्त गर्न सफल भइन् । उनीहरुलाई कार्यक्रमका निर्णायक महानायक राजेश हमाल, लैंङ्गिक तथा विकास विज्ञ सरु जोशी श्रेष्ठ, संविधानविद डा. भिमार्जुन आचार्य, एलसीसीआई नेपाल संस्थाका चिफ अपरेटिङ्ग अफिसर डा.रोशन राठीलगायतले पुरस्कार वितरण गरेका थिए ।  

 

अब बोल्छ नेपाल भन्ने मूल नाराका साथ शुरु भएको राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता पब्लिक स्पीकर नेपाल २ को मुख्य प्रायोजकको रुपमा प्रान लिची ड्रिन्क रहेको थियो ।  

पब्लिक स्पीकर नेपाल २ का उत्कृष्ट ६ प्रतियोगीहरुले अन्तिम चरणमा दुई भिन्नभिन्न विषयमा आफ्नो वक्तव्य प्रस्तुत गरेका थिए । कार्यक्रम आयोजक एक्रेटिभ मिडियाका प्रमुख कायृकारी अधिकृत हरि पोखरेलले कार्यक्रमलाई प्राप्त सहयोग, सुझाव र प्रतिक्रिया एकदमै महत्वपूर्ण रहेको बताउँदै पब्लिक स्पीकर नेपालको तेश्रों संस्करण अझ परिस्कृत बनाउने प्रतिबद्धता व्यक्त गरे । 

स्थानीय तहका मुद्दाहरुका विषयमा सम्वादका साथै समाधानका मार्गहरु पहिल्याउनका लागि पब्लिक स्पीकर नेपाललाई एक राष्ट्रिय स्तरको मञ्चको रुपमा विकास गर्दै लगिनेमा उनले जोड दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *