धादिङमा पहिरोमा पुरिएर दुई जना बेपत्ता

 

माघ १३, काठमाडौँ । धादिङमा पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन् । 

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा गएको पहिरोमा पुरिएर स्थानीय ५५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ बेपत्ता भएका हुन् । 

null

गाउँनजिकै बाख्रा चराउन गएका नोर्बु र धनबहादुरको अहिलेसम्म पत्ता लाग्न सकेको छैन । त्यस क्षेत्रमा दुई दिनदेखि हिउँ परिरहेको थियो । हिउँ पग्लिएपछि पहिरो गएर उनीहरु पुरिएको हुनसक्ने प्रहरीको अनुमान छ । 

पहिरोमा हराइरहकाहरूको उद्धारका लागि सेर्तुङस्थित प्रहरी चौकीबाट प्रहरी टोली गएको छ । उनीहरुको हेलिकप्टरबाट उद्धारको प्रयास भइरहेको बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *