कमल थापाले भने, ‘राप्रपालाई कांग्रेस र कम्युनिस्टको वैकल्पिक शक्ति बनाउँछौँ’

 

माघ ८, काठमाडौँ । राप्रपा अध्यक्ष कमल थापाले मुलुकमा अपराध बढेको बताएका छन् । 

हिन्दूत्व जनजागरण अभियान अन्तर्गत हेटौँडा–६ मा राप्रपा पार्टीद्वारा आयोजित घरदैलो कार्यक्रममा अध्यक्ष थापाले मुलुकमा भ्रष्टाचार मौलाएको भन्दै वाइडबडी विमान काण्ड, सुन काण्ड र विदेशमा राखिएको कालो धन छानबिनको विषयमा सरकार उदासीन हुनु दुर्भाग्यपूर्ण भएको स्पष्ट पारे । 

null

अध्यक्ष थापाले कम्युनिष्ट र काङ्ग्रेसको वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘राप्रपा कुनै धर्मको विरोधी होइन । धर्म निरपेक्षताले मुलुकमा धार्मिक सद्भाव र द्वन्द्व निम्त्याइएको छ । गरीबी र अशिक्षाका कारण धर्म परिवर्तन गराइएको छ, यो रोकिनु पर्छ ।’ 

कम्युनिष्टको विचार बोकेर काङ्ग्रेस कम्युनिष्टको विकल्प बन्न नसक्ने जिकिर गर्दै उनले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता कम्युनिष्टको एजेन्डा भएकाले त्यो काङ्ग्रेसले बोक्दा काङ्ग्रेस कम्युनिष्टको भाइ पार्टी मात्र बन्छ भने । 

कार्यक्रममा अध्यक्ष थापाले धर्म, संस्कृति र पहिचानको रक्षाका लागि एक पटक सबै उठ्नुपर्ने समय आएको विचार व्यक्त गरे । 

निर्मला पन्तको विषयलाई अहिलेसम्म टुङ्गोमा पुर्याउन नसक्नु सरकारको निमित्त लज्जाको विषय बन्नुपर्थ्यो भन्दै उनले विधिको शासन छैन, मनपरि छ, जसले जे गरे नि हुने अवस्था लोकतन्त्रको निमित्त घातक हुनसक्नेमा जोड दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *