कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सरकारकै विरुद्धमा (भिडियो सहित)

 

माघ १३, काठमाडौं । प्रायः सरकारी कर्मचारी र पदाधिकारीलाई सरकार विरुद्ध आन्दोलन गर्न, सरकारका विरुद्ध बोल्न र त्यस्ता गतिविधिमा सहभागी हुन बन्देज छ । सरकारले लागू गरेको निति नियम कार्यान्वयन गर्ने तथा सरकारका कामकारवाही चुस्त दुरुस्त कार्यान्वन गर्ने कर्मचारी र पदाधिकारी नै सरकार विरद्ध मोर्चाबन्दी गर्न उद्यत छन् ।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति प्रा. डा. राजेन्द्रराज वाग्ले भने खुलेआम सरकारका विरुद्ध सडकमा उत्रिएका छन् । प्रतिनिधिसभाले शुक्रबार पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको विरोधमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजेन्द्रराज वाग्ले सहभागी भएका छन् । डा. वाग्ले हिजो (शनिबार) सरकारका विरुद्ध प्रदर्शनपछि नयाँ बानेश्वरमा आयोजित कोणसभामा सहभागी भएका हुन् । 

null

 

सोलिडारिटी फर गोविन्द केसी अलायन्सका डा. जीवन क्षेत्री र मानवअधिकारवादी कपिल श्रेष्ठले विधेयकको विरोध भाषण गर्नेक्रममा डा. वाग्लेलाई देखिएको छ । डा. वाग्लेलाई सरकारकै मातहतमा रहेर सरकारकै विरुद्ध हिड्न मिल्छ ? भनेर जिज्ञासा राख्दा उनले आफु डा. जिवन क्षेत्री र नेपाल मेडिकल काउन्सिलका डा. कालूसिंह क्षेत्रीलाई भेट गर्न गएको बताए । ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमविविएस टाक्स फोर्स सदस्य भएको हिसाबले डा. जिवन क्षेत्री र डा. कालूसिं क्षेत्रीलाई भेट गर्न गएको थिएँ, अरु केहि हैन ।’ उनले मकालु खबरसँग संक्षिप्तमा भने ।  

तर, स्रोतले दिएको जानकारी अनुसार उपकुलपति डा. वाग्लेले डा. केसीको आन्दोलनमा आर्थिक, भौतिक र नैतिक समर्थन गर्दै आएका छन् । विद्यार्थीलाई संगठित गर्ने, सरकारी चिकित्सक तथा महाराजगंजमा कार्यरत उनका सहकर्मीहरुलाई आन्दोलनमा मुभ गराउने कार्यमा उनले सहयोग पुर्याउँदै आइरहेका छन् । उनी डा. केसीका सहकर्मी समेत हुन् । डा. केसीको १४ औं अनसन जुम्लामा गराउन डा. वाग्ले र इ. काफ्लेले पूर्ण शक्ति लगाएका थिए ।  

स्मरण रहोस्, डा. वाग्लेलाई तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाले कर्णाली प्रतिष्ठानको उपकुलपति बनाएका थिए । प्रतिष्ठानलाई मुलुककै उदाहरणीय स्वास्थ्य संस्था बनाउने जिम्मेवारी पाएका डा. वाग्ले असफल भएका छन् । उनको नियुक्ति पछि आएका रजिष्ट्रार इ. विश्वराज काफ्लेसँग मिलेर प्रतिष्ठानलाई उनले भर्ती केन्द्र बनाएका छन् । अहिले प्रतिष्ठानमा हुने कर्मचारी चिकित्सकको नियुक्तिमा डा. वाग्ले र इ. काफ्लेले मनपरी गरेका छन् ।  

एक वर्ष अघि प्रतिष्ठानमा कर्मचारी लिँदा जुम्ला र प्रतिष्ठानको सम्पर्क कार्यालय ललितपुरमा एउटै मितिको परीक्षामा फरकफरक प्रश्न तयार गरेको र त्यहाँ ठूलो आर्थिक चलखेल भएको भन्दै विवाद भएको थियो । 

उपकुलपति डा. वाग्ले र रजिष्ट्रार इ. काफ्ले प्रतिष्ठानको मुख्य कार्यालयमा कम राजधानीको सम्पर्क कार्यालयमा ज्यादा समय ब्यतित गर्दा प्रतिष्ठान सञ्चालनमा कठिनाई ब्यहोर्नुपरेको पदाधिकारी नै बताउँछन् ।  

यसका अलावा डा. वाग्ले र डा. काफ्लेले प्रतिष्ठानले खरिद गर्ने स्वास्थ्य उपकरण, औषधी खरिदमा ब्यापारी र सप्लायर्ससँग मोटो कमिसन खाने गरेका छन् । गत वर्ष द्वन्द्व प्रभावित क्षेत्रका जनताका लागि निःशुल्क उपचार गर्ने भन्दै डा. वाग्ले र इ. काफ्लेले एक नामूद मेडिकल सप्लायर्सलाई सेटिङमा शान्ति तथा पुर्ननिर्माण मन्त्रालयमा करोडौंको प्रस्ताव समेत हाल्न लगाएका थिए ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *