दोस्रो बैठकमा पनि कांग्रेसको विरोध, एक हप्तासम्मका लागि बैठक स्थगित
२०७५ माघ ७ गते

माघ ७, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले दोस्रो बैठक पनि अवरुद्ध गरेपछि राष्ट्रिय सभा बैठक एक हप्ता सम्मका लागि स्थगित गरिएको छ ।
कांग्रेसले डा.गोविन्द केसीको माग तथा सम्झौता कार्यान्वयन नगरेको र आफ्ना नेताहरु गिरिजा–सुशील कोइराला अस्पतालको विघटन गर्न लागेको भन्दै बिहान ११ बजे सुरु भएको बैठक अवरुद्ध गरेपछि आधा घण्टाका लागि बैठक स्थगित भएको थियो।
null
पुनः १२ बजे बसेको बैठकमा कांग्रेसले अवरोध जारी राखेपछि कार्यसूची हटाई माघ १४ गते सोमबार ११ बजेका लागि अर्को बैठक बोलाइएको हो ।
कांग्रेसले ती दुई अस्पताललाई तत्काल संघीय सरकार मातहत ल्याउने निर्णय नभएसम्म सदन सञ्चालन हुन नसक्ने भन्दै अवरोध गरेको हो।
२०७५ माघ ७ गते
प्रतिक्रिया
सम्बन्धित








