फागुन ७ मा महाधिवेशन गर्न पौडेलको प्रस्ताव

काठमाडौँ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७६ फागुन ७ मा पार्टीको १४ औं महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । केन्द्रीय कार्यसमिति बैठकमा सोमबार उनले महाधिवेशनको तालिका प्रस्ताव गरे पनि सभापति शेरबहादुर देउवाले त्यसलाई ठाडै अस्वीकार गरेका छन् ।  

देउवाले साढे ५ वर्षमा मात्रै महाधिवेशन हुने बताए । ‘उहाँले (पौडेल) पढ्नुभयो, सकियो । महाधिवेशन साढे ५ वर्षमा मात्रै हुन्छ,’ देउवाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले बताए । अग्रिम महाधिवेशन माग गर्दै आएको पौडेल पक्ष देउवाको जवाफबाट असन्तुष्ट बनेको छ । पौडेलले कार्यकाल बढाउनु अनैतिक हुने भन्दै आलोचना गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − nine =