हाम्राे जिवनमा  कुण्डलीमा रहेका ९ ग्रहले यसरी असर गरिरहेकाे हुन्छ

 

पुस २६ । हाम्रो जिवनमा कुण्डलीको निकै ठूलो भूमिका रहेको हुन्छ । ज्योतिष शास्त्रको अनुसार कुण्डलीमा कुल ९ ग्रह हुन्छ  मान्छेको जीवनमा सबै ग्रहको छुट्टा–छुट्टै प्रभाव रहेको हुन्छ  कहिले काही यिनै ग्रहका खराव प्रभावका कारण हामीले बिभिन्न समस्याहरु भोग्नुपर्ने हुन्छ । 

ज्योतिषशास्त्रको अनुसार जुन ग्रह कुण्डलीमा जसरी बसेको हुन्छ त्यसरी नै त्यसले असर गरेको हुन्छ त्यहि कारणले गर्दा हाम्रो जीवनमा बिभिन्न मोडहरु आईरहन्छन् । यी ग्रहरु शान्त गर्नको लागि हामीले बिभिन्न पूजापाठ,जाप, ग्रहशान्ती गर्ने गछौँ । ग्रहले हामीलाई शुभ र अशुभ संकेत देखाएको हुन्छ । हाम्रो जीवनमा कुन ग्रहले कस्तो असर गरेको हुन्छ तल बताईएको छ । 

null

सूर्यसुर्यमा दुबै प्रकारको शुभ र अशुभ संकेत रहेको हुन्छ ।  शुभ सुर्यले तपाईलाई मानसम्मान दिन्छ  तर अशुभ सुर्यले आँखा सम्बन्धित समस्या देखाउँछ  साथै अपमानित पनि हुनु पर्नेछ । 

चन्द्रमाचन्द्रमा दुबै प्रकारको शुभ र अशुभ संकेत रहेको हुन्छ। चन्द्रमा शुभ हुँदा तपाई मानसिक रूपमा स्थिर हुनेछ, अशुभ चन्द्रमाले तपाईको मन धेरै चञ्चल बनाउनेछ  साथै तपाईमा मानसिक तनाव पनि बढी हुन्छ । 

मंगलमंगल शुभ हुँदाखेरि तपाईलाई जमिन सम्बन्धि काममा विशेष लाभ मिल्छ । उक्त काममा तपाईलाई आमाको सहयोग पनि भरपुर मिल्छ । यदी मंगल अशुभ भयो भने तपाईको वैवाहिक जीवनमा समस्या आउनसक्छ  साथै रगत सम्बन्धि समस्या पनि देखाउन सक्छ । 

बुधशुभ अवस्थामा बुधले तपाईको दिमागलाई बढी नै तेज बनाउँछ।  तर यदी अशुभ भयो भने तपाईले दिमागसंग सम्बन्धि कम गर्न सक्नु हुदैन् । 

गुरुशुभ अवस्थामा गुरुले तपाईलाई धार्मिक काम तर्फ मन लगाउछ ।  तपाईलाई शिक्षा क्षेत्रमा धेरै लाभ हुन्छ, यदी तपाईको गुरु ग्रह अशुभ छ भने जति मेहेनत गर्दा पनि फल पाउन सक्नु हुँदैन् ।  सफलताको लागी एकदमै मेहेनत गर्नुपर्छ । 

शुक्रयदी तपाईको शुक्र ग्रह शुभ छ भने तपाईले सबै किसिमको भौतिक सुख-सुविधा पाउनु हुनेछ । तपाईको जीवनमा ऐश र आरामले बित्नेछ ।  अशुभ अवस्थामा भने वैवाहिक जीवनमा समस्या आउनेछ । 

शनिशनि शुभ हुँदाखेरि तपाईलाई मेसिन सम्बन्धि काममा विशेष लाभ मिल्छ ।  यो ग्रह अशुभ हुँदा दुर्भाग्यको सामना गर्नुपर्नेछ ।  पैसाको समस्या तथा सावरी साधनले धेरै दुख्ख दिनेछ । 

राहु-केतुशुभ अवस्था यो ग्रहले रहस्यमयी तरिकाले उपलब्धि दिन्छ ।  तर अशुभ अवस्थामा भने मानसिक सम्बन्धि रोग तथा नशाको सिकार हुनु पर्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eighteen =