आज पानी पर्छ ? भोलिको मौसम कस्तो रहला ?

 

माघ १०, काठमाडौँ । बुधबार पानी परेसँगै आज मुलुकभरको मौसममा बदली हुनाका साथै पश्चिमी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ । 

मध्य र पूर्वका क्षेत्रमा बिहीबार मौसममा आंशिक बदलीको अवस्था रहे पनि पानी पर्ने सम्भावना नरहेको मौसम विभागले जनाएको छ । 

null

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमका क्षेत्रमा भने आंशिकदेखि सामान्य बदलीको अवस्था रही पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने देखिएको छ । 

पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि मौसम बदली तथा पानी पर्ने क्रम चलेको हो । 

शुक्रबार पनि देशको विभिन्न भागमा बदली हुने र प्राय पश्चिमी क्षेत्रलगायत अधिकांश स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना पनि देखिन्छ । शनिबार पनि मौसममा बदलीका साथै हल्का वर्षाको सम्भावना रहेको र हिमाली भेगका केही स्थानमा हिमपात हुनसक्ने बताइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *