आज सहिद दिवस: देश निर्माणमा सहभागी हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्ति परास्त भएको बताएका छन् । 

सहिद दिवसका अवसरमा आज  सन्देश जारी गर्दै उनले राणाशासविरुद्ध १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठले गरेको बलिदानीले नेपालको लोकतान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको बताएका छन् । 

“पुस्तौँदेखि अनवरत रूपमा लोकतन्त्रका निम्ति सङ्घर्ष गर्दै नेपाली समाज  सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ युगमा आइपुगेको छ”, उनले सन्देशमा भनेका छन्, “राजनीतिक सङ्क्रमण सम्पन्न गरी हामी देशको विकास र आर्थिक सामाजिक रुपान्तरणका लगि केन्द्रीकृत भएका छौँ ।”  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =