कांग्रेसले भोलि पनि संसद अवरुद्ध गर्ने

 

माघ १६, काठमाडौँ । अनशनरत डा. गोविन्द केसीसँगको सम्झौता विपरित पारित भएको चिकित्सा शिक्षा विधेयकको विरोध जनाउँदै प्रभुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा अवरोध कायमै राख्ने भएको छ । 

बुधबारको राज्य व्यवस्था परामर्श समितिको बैठकमा नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण  खाँडले भोलिको संसद पनि चल्न नदिने बताए । 

null

कांग्रेसले डा. केसीसँग सरकारले गरेका सम्झौता पूर्ण कार्यान्वयन गर्नुपर्ने, काँग्रेस नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको नाममा खोलिएका अस्पताल केन्द्र मातहतमा ल्याउनुपर्ने लगायतका मागहरु राख्दै प्रतिनिधिसभा अवरुद्ध गर्दै आइरहेको छ । 

सरकारले दुवै अस्पताललाई केन्द्र मातहत ल्याएको भनिएता पनि पार्टीमा यसबारे कुनै जानकारी नआएको कांग्रेसले बताएको छ । 

‘सरकार पक्षले सहमतिको प्रयास गर्नु भएन। चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभामा पेश गरिसकेको छ। उहाँहरुले विवाद निम्त्याउन खोज्नु भयो’, सचेतक  खाँडले भने । 

संसदमा कस्तो भूमिकामा प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बिहीबार अपरान्ह १२ बजे कांग्रेस संसदीय दलको बैठक पनि बस्दैछ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + fourteen =