महासंघका कोषाध्यक्ष प्रधानले किन गरे राजीनामाको घोषणा ? दबाबले हो ?

 

माघ १४, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले मौखिक राजीनामाको घोषणा गरेका छन् । चर्को विवाद र आन्तरिक दवावका बाबजुद महासंघका कोषाध्यक्ष प्रधानले आइतबार साँझ मौखिक राजिनामा घोषणा गरेका हुन् । 

महासंघ सचिवालयमा आइतबार आयोजित केन्द्रीय समितिको बैठकमा उनले राजीनामा घोषणा गरेका हुन् । प्रधानले आज नै लिखित राजीनामा दिने बताइएको छ । 

null

महासंघमा आर्थिक अनियमितता भएको र त्यसविरुद्ध बोल्दा आफूलाई राजीनामा दिन बाध्य तुल्याइएको प्रधानको दाबी छ । चर्को विवाद र दवावका बिच आचारसंहिता मिचेको तथा गोपनीयता भंग गरेको आरोप लगाएपछि राजिनामा दिएको स्रोतले बतायो । 

कोषाध्यक्षको राजीनामालाई लिएर महासंघमा विवाद चुलिएको जस्तो भएपनि विवाद केही दिनमै समाधान भएर जाने गोप्य स्रोतको दावी छ । 

एकथरीले कोषाध्यक्षलाई जबर्जस्ती राजीनामा गर्न लगाइएको आरोप लगाएका छन् भने अर्काथरीले कोषाध्यक्षको राजीनामा स्वाभाविक भएको बताएका छन् । यद्यपी, महासंघ कार्यसमितिका कसैले पनि यसबारे औपचारिक धारणा दिन मानेका छैनन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =