प्रस्तावित दुई राजदूतको नाम अनुमोदित

 

गणेशप्रसाद ढकाल र दीपक अधिकारी 

माघ ३, काठमाडौँ । प्रतिनिधिसभा, संसदीय सुनुवाइ समितिले दुई प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । 

null

समितिका सभापति लक्ष्मणलाल कर्णको अध्यक्षतामा आज बसेको समितिको बैठकले प्रस्तावित राजदूत फ्रान्सका लागि दीपक अधिकारी र थाइल्याण्डका लागि गणेशप्रसाद ढकाललाई सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । 

प्रस्तावित राजदूतद्वय अधिकारी र ढकाल परराष्ट्र मन्त्रालयका सहसचिव छन् । 

बैठकमा प्रस्तावित राजदूतद्वयले ती देशमा राजदूत भएर गएपछि आफूले सम्पादन गर्ने आआफ्ना कार्ययोजना प्रस्तुत गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाल’ बनाउने सरकारको प्रमुख लक्ष्य हासिल गर्न सहयोग गरिने प्रतिबद्धता जनाएका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 17 =