यस्ताे बन्ने भयो गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

 

माघ १६, काठमाडौँ । धुर्मुस-सुन्तली फाउण्डेसले चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ । 

बुधबार शहीद दिवसको अवसर पारेर राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उक्त रंगशाला निर्माण गर्ने घोषणा गरिएको हो । 

null

त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको भरतपुर महानगरपालिका–१५ मा रहेको २० बिघा ६ कठ्ठा जग्गामा रङ्गशाला बन्ने भएको हो। 

 

कार्यक्रममा महानगरपालिका र फाउन्डेसनबीच सहमतिपत्रमा हस्ताक्षर पनि भएको छ । 

सिताराम कट्टेल (धुर्मुस) ले रङ्गशालामा क्रिकेटसँगै अन्य विधाका खेलहरू पनि खेल्न सकिने गरी निर्माण गर्न लागिएको जानकारी दिए । 

 

धुर्मुस सुन्तली फाउण्डेसनले नेपालमा रङ्गशाला निर्माण गर्ने घोषणा गरेसँगै स्वदेशी र विदेशी नेपालीहरू उत्साहित भएका छन् । सहयोग समेत जुट्न थालिसकेको छ । रंगशाला निर्माणका लागि ३ अर्ब रूपैयाँ लाग्ने बताइएको छ। 

 

चितवनमा बन्ने क्रिकेट रंगशाला कमलको फुल आकारको हुनेछ । यसमा २५ हजार दर्शक अट्नेछन् । बहुउपयोगी हुने यो रंगशालाभित्र फुटबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, फिटनेस सेन्टरदेखि डन्डिबियोसम्म खेल्न सकिने छ । 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 1 =