सरकारले डा.केसीसँग भएको सम्झौताको खिल्ली उडायो: गगन थापा

 

पुस २५, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले सरकारले डा. केसीसँग भएको सम्झौताको हाँसी–हाँसी खिल्ली उडाएको बताएका छन् । 

नेता थापाले सत्तारुढ दलका केही व्यापारिक मानिसहरुको स्वार्थमा परेर सरकारले सो विधेयक समितिको बहुमतले पारित गराएको आरोप लगाउँदै शक्तिको दुरुपयोग गरेर बहुमतको बलमा जबरजस्ती पारित गर्नु दुर्भाग्यपूर्ण भएको बताए । 

null

साथै उनले संसदीय समितिको बहुमतबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक डा. केसीसँगको सम्झौता बमोजिम पारित गर्न पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरे । 

बुधबार अपरान्ह नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै नेता थापाले सो विधेयक रोक्न र सच्याउनका लागि आफूहरुले लडाइँ जारी राख्ने चेतावनी समेत दिए । 

बुधबार बिहान संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले सो विधेयक बहुमतले पारित गरेको थियो । सो विधेयकमा नेता थापासहितका काँग्रेसका ४ जना सांसदहरुले असहमति जनाएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =