अस्पताल भर्ना भएकी ऋचाको अवस्था कस्ताे छ अहिले ? खतरामुक्त छ ?

 

माघ ४, काठमाडौँ । छाती दुखेर बिहीबार अपराह्नतिर नर्भिक अस्पताल भर्ना भएकी नायिका ऋचा शर्मालाई हर्ट अट्याक भएको समाचार चर्चामा आएको थियो । 

तर नायिका ऋचाले सामाजिक सञ्जालमार्फत् आफूलाई हृदयाघात नभएको जानकारी गराएकी थिइन् । 

null

उनले फेसबुकमा लेखेकी थिइन्, ‘चासो राख्नुहुने सबैजनालाई धन्यवाद, मलाई हर्ट अट्याक भएको होइन। सामान्य मुटु दुखाइ हो। सबै रिपोर्ट सामान्य छ।’ 

उनलाई आइसियुमा राखेर उपचार गरिएको थियो । छाती दुखाइ हातमा सर्दै गएपछि बिहीबार ऋचा अस्पताल पुगेकी हुन् । 

उनको इको गर्दा इको कार्डियोग्राफी सामान्य रहेको उपचारमा संलग्न डाक्टरले जानकारी दिए । एन्जिओग्राफी गर्दा उनको मुटुका दाहिने देब्रे सबैतिरको नसा क्लियर रहेको र उनलाई अहिले कुनै खतरा नभएको बताइएको छ । 

 ऋचा शुक्रबार डिस्चार्ज हुँदैछिन्। । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + twenty =