‘नेका शैक्षिक परामर्श क्षेत्रमा संघिय संरचनामा जाने पहिलो संगठन हो’

शैक्षिक परामर्श ब्यवसायीहरुको हक अधिकारका लागि स्थापित कान्छो संस्था हो, राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) । केहि महिना अघि गठन भएकाे नेका प्रादेशिक संरचनामा जाने पहिलो संघ समेत बनेको छ । गत साता नेकाले सुनसरी धरानका शैक्षिक परामर्श ब्यवसायी इडन एकेडेमीका म्यानेजिङ डाइरेक्टर मोहन तिगेलाको अध्यक्षतामा १नं. प्रदेश कमिटि गठन गरेको छ ।  

राज्य नै संघिय संरचनामा गइसकेको अवस्थामा १ं. प्रदेशका शैक्षिक परामर्श ब्यवसायीहरुको हक अधिकार संस्थागत गर्न तथा उनीहरुलाई मर्यादीत बनाएर अगाडी बढाउन नेका १ नं. प्रदेश कमिटि गठन गरिएको नवनिर्वाचित अध्यक्ष मोहन तिगेलाले बताए । नेका गठनको आवश्यक्ता, १ नं. प्रदेशमा कन्सल्टेन्सी ब्यवसायीको अवस्था लगायतका सन्दर्भमा गरिएको कुराकानीको संक्षेपः 

 

null

इक्यानलाई पूर्वाञ्चलमा ल्याउने हामीहरु नै भएपनि इक्यानले शैक्षिक परामर्श ब्यवसायीलाई दक्ष तथा मर्यादत बनाउने कार्यमा भनेजस्तो काम गर्न सकेन । ब्यवसायीलाई तालिम दिने, पूर्वमा शैक्षिक मेला आयोजना गर्ने तथा यो क्षेत्रका विद्यमान साझा समस्यालाई समेत बोक्न नसके पछि हामीले अब हाम्रा विद्यमान सबै समस्या समाधान गर्न, यो क्षेत्रलाई ब्यवसायीक तथा मर्यादित बनाउन तथा सबैको साझा संस्था बनाउन पनि अर्को संस्था चाहिन्छ भनेर नेका स्थापना गरेका हौं । 

इक्यान, नेका, आइरिन, फेकन जे भनौं सबैको उद्देश्य एकै हो । शैक्षिक परामर्श ब्यवसायीको काम भनेको ब्यवसायीक दक्षता हासिल गर्न विभिन्न तालिम दिनु, मर्यादीय रुपमा राज्यको कानुनमा रहेर नेपाली विद्यार्थीलाई अन्तराष्ट्रिय तहसम्म पुर्याउन विश्वका शैक्षिक संस्थासँग समन्यय गर्ने काम मात्र हो । तर, यहाँनिर केहिले उद्देश्य अनुरुप काम नगर्दा समग्र कन्सल्टेन्सी ब्यवसायलाई राज्यले ‘चोर’ को नजरले हेरेको अवस्था छ । यसलाई चिर्नका लागि र हाम्रो ब्यवसायीक दक्षता र क्षमता अभिबृद्धि गर्न एउटा शशक्त संगठनको आवश्यक्ता महशुष गरेर नेका गठन गरिएको हो । 

इक्यानको काम गर्ने शैली र नेकामा धेरै फरक छ । हामीले अहिले नै मुलुकको संघियतालाई आत्मसात गर्दै आफुलाई संघिय संरचनामा लगेका छौं । यसलेपनि हामीलाई अरु संस्थाभन्दा फरक र बलियो बनाएको छ । नेकाले शैक्षिक परामर्श क्षेत्रका तमात एजेण्डा उठाउन घनिभुत रुपमा लाग्नेछ । 

ब्यवसायीक हिसाबले कुरा गर्दा पूर्वमा धेरै साथीहरु शैक्षिक परामर्श क्षेत्रमा लामो समयदेखि सकृय हुनुहुन्छ । तर, हामी जतिले यो ब्यवसाय चलाई रहेका छौं, एकाध वाहेक अधिकांश साथीहरुमा ब्यवसायीक दक्षता छैन । धेरै साथीहरुलाई शैक्षिक परामर्श ब्यवसायीको संगठन पनि छ भन्ने थाहा छैन । हामी विद्यार्थीलाई इन्टरनेशनल शिक्षाका कुरा गर्छौं तर, कतिपय कोर्षका बारेमा आफैंलाई नै थाहा छैन । आबस्यक तालिम र दक्षताको अभाबले काम गर्दा गर्दै गल्ती हुन सक्ने संम्भाबना हरु देखिएका छन । त्यस्ता साथीहरुलाई ब्यवसायीक क्षमता अभिबृद्धि गर्दै राज्यले अख्तियार गरेको निती नियममा रहेर ब्यवसाय गराउन तथा ब्यवसायीक हक अधिकार संस्थागत गर्नका लागि राज्य देखि अन्तराष्ट्रिय निकायसम्म आवाज उठाउन नेका प्रतिबद्ध छ । 

मैले माथि पनि भने, राज्यले हामीलाई कसरी हेर्दछ त्यसले हाम्रो बाटो तय गर्दछ । अहिले शिक्षा मन्त्रालयले नियमावली बनाइरहेको छ । नियमावलीले हामीलाई कसरी समेटेको छ, प्रष्ट भएपछि अगाडी बढ्छौं । हामी उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको हक अधिकार सुनिश्चित गर्दै आफ्नो ब्यवसायीक अधिकारका लागि संगठित भएर अगाडी बढ्छौं । 

एउटा काउन्सलर त्यत्तिबेला पूर्णरुपमा विद्यार्थीलाई काउन्सेलिङ गर्न सक्षम हुन्छ जतिबेला उ आफैं आफ्नो क्षेत्रमा पोख्त हुन्छ । 

दुवै समस्या छ । राज्यले हामीलाई अझैपनि मेनपावरको जस्तो ब्यवहार गरिरहेको छ । हाम्रो उद्देश्य प्रष्ट भएपनि ब्यवसाय गर्ने सहज वातावरण छैन । सरकारको पोलिसी स्पष्ट नहुँदा मारमा परेका छौं । ब्यवसायीक दक्षताका कुरा गर्दा पछिल्ला दिनहरुमा मेनपावर चलाएकाले पनि शैक्षिक परामर्श दिइरहेका छन् । कतिले कन्सल्टेन्सीकै नाममा मेनपावर चलाएका छन् । यो क्षेत्र नितान्त विद्यार्थीको करियरसँग जोडिएकोले यो क्षेत्रमा बौद्धिक र विश्वको शिक्षा बुझेको मान्छे आउन जरुरी छ । 

हामीलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरका तालिमहरु आवश्यक छ । एउटा काउन्सलर त्यत्तिबेला पूर्णरुपमा विद्यार्थीलाई काउन्सेलिङ गर्न सक्षम हुन्छ जतिबेला उ आफैं आफ्नो क्षेत्रमा पोख्त हुन्छ । विडम्बना हामी कहाँ धेरै ब्यवसायी साथीहरु भोगेर भन्दा पनि देखेर लहलहैमा आउनु भएको छ । 

राज्यले इमान्दार भएर उसको नितिनियमको परिधिमा रहेर ब्यवसाय गरिरहेका ब्यवसायीलाई प्रोत्साहन गर्न आवश्यक छ । कतिपय नियमावलीहरुले हाम्रो ब्यवसायलाई समस्या भएको छ । ति नियमावलीमा नेका, इक्यान लगायत संस्थाहरुसँग राय सल्लाह लिएर परिमार्जन गर्दै ब्यवसायी मैत्री बनाउनुपर्छ । नेकाले यो क्षेत्रलाई ब्यवसायीक बनाउन, मर्यादीत बनाउन तथा नेपालबाट विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीले गुणस्तरीय शिक्षा कसरी हासिल गर्न सक्छन् ? उनीहरुको लगानी कसरी सुरक्षित हुन सक्छ र करियर सुनिश्चित हुन्छ भन्नेमा काम गर्न जरुरी छ । 

हामीले वार्षिक कार्ययोजना बनाएर काम गर्नेछौं । अहिले हामीसँग भएका संस्थाहरुसँग सहकार्य गरेर शैक्षिक मेला लगाउने, हाम्रा ब्यवसायीलाई राष्ट्रिय अन्तराष्ट्रिय तालिम दिने, सेमिनार गोष्टिहरु सञ्चालन गर्नेछौं । यसका अलावा शैक्षिक परामर्श ब्यवसायीहको हक अधिकार सुनिश्चित गर्न हाम्रो भूमिका रहनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *