नयाँ बानेश्वरमा प्रदर्शन गर्ने ३२ अधिकारकर्मी पक्राउ

 

माघ १६, काठमाडौँ । प्रहरीले नयाँ बानेश्वरमा प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाजका ९ जना महिलासहित ३२ जना अधिकारकर्मीहरुलाई नियन्त्रणमा लिएको छ । 

पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने, डा.गोविन्द केसीको माग पूरा हुनुपर्ने लगायतका माग राखी प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

null

पक्राउ पर्नेहरुमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, कोषाध्यक्ष रामकृष्ण बराल रहेका छन् । त्यस्तै प्रहरीले समाजका केन्द्रीय सदस्यहरु गीता तिमल्सिना, सरस्वती ढकाल, अधिकारकर्मीहरु जयराम पुडासैनी, बटुकृष्ण ढुंगेल, विपी पौडेल, टंक गैरे, ईश्वर पुडासैनी, आरसी भण्डारी, नानीकाजी गिरी, विनोद कुँवर, उमा गौतम, अमृतप्रसाद उपाध्याय, डिगम्बर विक्रम राना, सावित्री गुरुङ, लक्ष्मी राना पुडासैनी, प्रमिला भण्डारी, सुशिला तामाङ, निरु पराजुली, सुरेश मुडवरी, विमला श्रेष्ठ, लाक्पा लामा, भिमबहादुर सुनुवार, छिरिङ, श्रेष्ठ, निशान्त वयलकोटी, रामु थापा, सुमित जिसी, अजय थापा र सुजन पुडासैनीलाई पनि नियन्त्रणमा लिएको छ । 

गिरफ्तार गरिएका सबैलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको जनाइएको छ । 

धर्नामा अधिकारकर्मीहरुले ढटुवा मन्त्री बर्खास्त गर, ठूला नेता मिलेका साढे चार अरब निलेका, दुई तिहाइ सरकारको उपहारस् साढे चार अर्ब भ्रष्टाचार, डा. केसी सँगको सहमति कार्यान्वयन गर लगायतका प्लेकार्ड बोकी प्रदर्शन गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =