अब्यवस्थित नाला निर्माणले ब्यापारीलाई सास्ती

माघ ११, कैलाली । हचुवाको भरमा गरीएको निमार्ण, सरसफाईको अभाव तथा निकास बिहिन नाला निर्माणले सुखडका ब्यापारीहरुलाई सास्ती बनाएको छ । केही दिन यता परेको पानी निकास नभएर स्थानीय पसलमा पस्न थाले पछी समस्या आएको हो ।
सुखडमा सरल रुपमा पानी बग्न सक्ने नाला नहुनु र त्यसको निकास समेत नभएकाले सामान्य पानी पर्दा समेत जाम भई ब्यापारीको पसलहरुमा पानी पस्ने समस्या भएको छ ।
null
पानीको कारण कतीपय ब्यापारीहरुको पसलको सामान कुहिने गरेको पाईएको छ । यो समस्या सामधानका लागी स्थानीयहरुले बारम्बार सरकार सँग अनुरोध गरेपनी हाल सम्म कुनै वास्ता नगरीएको स्थानीय बासीको गुनासो छ ।
आर्थिक वर्ष ०७३/७४ मा नगरपालिकाको ५० लाखको लागतमा सुखड भजनी सडक खण्डको बजार क्षेत्रमा नाला निर्माण गरीएको थियो । सरल रुपमा पानी बग्न नसक्ने अथवा मापदण्ड बिपरीत नाला निमार्ण हुँदा समेत वास्ता नगरी पास गरीएकाले समस्या उब्जीएको भन्दै स्थानीयहरुले आक्रोश समेत पोखेका छन ।
शान्ती नगरको नाला निमार्ण नभए सम्म यस्तो समस्या आईरहने घोडाघोडी नगरपालिकाले जनाएको छ । भुखाली चौकबाट पश्चिम तर्फ नाला निकासको प्रक्रिया अघि बढी सकेकाले केही दिनमै नालाको निकास हुने र समस्या केही हद सम्म हल हुने नगरपालिकाका ईन्जीनियर अशोक जोशीले बताए ।








