एटिएम फुटाएर चोरी गर्न खोज्ने पक्राउ, भवनबाट खसेर मृत्यु एककाे मृत्यु
२०७५ माघ ३ गते

माघ ३, काठमाडौँ । एटिएमको ताला फोडेर पैसा चोर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित एसबिआई बैंकको एटिएमको ताला फुटाउँदै गरेको अवस्थामा बारा कलैया नगरपालिका घर भई ललितपुर सातदोबाटो बस्दै आएका रोहित शर्मालाई पक्राउ गरिएको प्रहरीले आज जानकारी दिएको छ ।
सो घटनाको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ । उता बूढानीलकण्ठ नगरपालिका–३ चपली बस्ने उदयपुरका ४२ वर्षीय खगेन्द्र राईको काठमाडौँ महाराजगञ्जस्थित करु कन्स्ट्रक्सनको निर्माणाधीन भवनबाट खसेर मृत्यु भएको छ ।
बाँसको खट बनाउने क्रममा बुधबार दुई तलामाथिबाट खस्दा गम्भीर घाइते भएका उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
null
२०७५ माघ ३ गते
प्रतिक्रिया
सम्बन्धित








