समाचार प्रभावः कलेज सञ्चालक विरुद्ध ठगी मुद्दा हाल्ने अभिभावकको तयारी

इनरुवा, माघ १५ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) पुर्व क्षेत्र क्षेत्रिय कार्यालय इटहरीले इनरुवामा अबैध रुपमा संचालित ऐलेन कलेज अफ ईन्जिनियरिङ प्रा.लिले सञ्चालन गर्दै आएको कार्यक्रम तत्काल बन्द गर्न परिपत्र गरेको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटीबाट सम्बन्धन नलिई प्रशिक्षार्थीलाई बिभिन्न आश्वासन दिई computer system administer and developer 1320 घण्टाको कार्यक्रम विना अनुमति सञ्चालन गरेको पुष्टि भएपछि परिषद्ले तत्काल कार्यक्रम बन्द गर्न परिपत्र गरेको हो ।
परिषदको नियम विपरित तथा विद्यार्थीबाट अस्वभाविक तरिकाले शूल्क असुल गर्दै आएको भन्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद सिटिइभिटी पुर्व क्षेत्र क्षेत्रिय कार्यालय इटहरीले ऐलेन कलेज अफ ईञ्नियरिङ प्रा.लि.ले सञ्चालन गरेको कार्यक्रमलाई बन्द गर्न परिपत्र गरेको सिटिइभिटीले बताएको छ ।
null
ऐलेन कलेज अफ ईन्जिनियरिङले सिटिइभिटीसँग अनुमति नलिई सिटिइभिटीबाट मान्यता प्राप्त भनि भ्रामक विज्ञापन गरी प्रशिक्षार्थीहरुलाई विभिन्न आश्वासन दिई computer system administer and developer 1320 घण्टाको कार्यक्रम परिषदको नियम विपरित सञ्चालन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा ( सिटिइभिटीको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी परेको थियो ।
सिटिइभिटीले कलेज सञ्चालकलाई तत्काल कार्यक्रम बन्द गरी सोको जानकारी गराउन भनेको छ । यदी कलेज प्रशासनल सिटिइभिटीको निर्देशन नमाने कलेज नै बन्द गरी कारवाही अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरिने चेतावनी दिएको छ ।
सिटिइभिटी पुर्व क्षेत्र क्षेत्रिय कार्यालय इटहरीका निर्देशक डा. शिव प्रसाद दाहालले माघ १० गते नै ऐलेन कलेज अफ ईन्जिनियरिङका नाममा परिपत्र गरेको बताए ।
स्थानीय अभिभावकहरुले ऐलेन कलेज विरुद्ध सिटिइभिटी पुर्व क्षेत्र क्षेत्रिय कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय सुनसरी लगायत नियमनकारी निकायमा कार्वाहीका लागि उजुरी दिएका थिए ।
कलेजका अध्यक्ष मनोज कुमार मेहता र सञ्चालक भनिने बिनोद कुमार शर्माले अभिभावक र बिद्यार्थीहरुलाई बिभिन्न प्रलोभन देखाई प्रति विद्यार्थी १ लाख २५ हजार सम्म रुपैँया ठगि गर्दै आएका थिए । यस विषयमा मकालु खबरले प्राथमिकताका साथ खबर प्रकाशित गरेपछि कलेज सञ्चालक विनोद कुमार शर्माले मकालु खबरका विरुद्ध मानहानीको उजुरी हाल्ने भन्दै आफुले बकाइदा अनुमति लिएर नै कलेज सञ्चालन गर्दै आइरहेको जिकिर गरेका थिए । एलेन कलेजले विराटनगर स्थित स्किल फाउण्डेसनसँग गलत तवरले सम्झौता गर्दै सिटिइभिटीका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको थियो ।
सिटिइभिटीले कार्यक्रम बन्द गर्नु भनेर परिपत्र गरेको पाँच दिन बिति सक्दा समेत हाल सम्म कलेजले अबैध रुपमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यता विद्यार्थी तथा अभिभावकहरुले ऐलेन कलेजका सञ्चालकहरु विरुद्ध ठगी मुद्दा हाल्ने तयारी गरेको बुझिएको छ ।








