बेपत्ता भएकाे बालक अपहरण भएको हुन सक्ने आशंका

पुस २७, दुहवी । दुहवी २ स्थित घर भएको वर्ष १२ का माउण्ट मनास्लु सेकेण्डरी स्कुल दुहवीमा कक्षा ६ मा पढने प्रेम कुमार चौधरी गत शुक्रवार दिउँसो देखि बेपत्ता भएका छन ।
बालक बेपत्ता भएपछि उनका आफ्न्तले इलाका प्रहरी कार्यालय दुहवीमा शुक्रवारनै उजुरी दिएपनि अहिले सम्म फेला परेको छैन । बालकका पिता राम कुमार चौधरीले विहीवार दुहवीमा पत्रकार सम्मेलन गर्दै शुक्रवार देखि हराएको आफ्नो छोरा खोजीदिन आग्रह गरेका छन ।
null
पिता राम कुमार चौधरीले शुक्रवार देखि बेपत्ता भएको बालक अपहरण भएको हुन सक्ने आशंका गरेका छन । बेपत्ता भएका बालक शुक्रवार विहान ६ बजे टियूसन पढ्न भनि साइकलबाट माउण्ट मनास्लु सेकेण्डरी स्कुल दुहवीमा गएको राम कुमार चौधरीले बताए ।
उता माउण्ट मनास्लु सेकेण्डरी स्कुल दुहवीका प्रिन्सिपल शंकर थापाले शुक्रवार बालक स्कुलबाट शकुसल गएको बताए । प्रिन्सिपल थापाले कक्षा ६ मा पढने प्रेम कुमार चौधरीलाइ बिहीवार १ विषय लागेपछि आफ्ना पितासँग डराएर कतै आफ्न्तजनकोमा गएको हुँन सक्ने बताएका छन् ।








