दुई नम्बर प्रदेश सरकारले माघ १ गते देखी नवजात शिशुको बीमा गरिदिने

पुस १७, काठमाडौं । दुई नम्बर प्रदेश सरकारले आउँदो माघ १ गतेदेखि नवजात शिशुको जीवन विमा गरिदिने भएको छ । 

थानकोट जेसिजको प्रतिनिधि मण्डल सँगको छलफलमा प्रदेश नम्बर २ का मुख्य मन्त्री लालवावु राउतले सो जानकारी गराएका हुन् । प्रदेशमा रहेका आठ वटै जिल्लाबाट एक एक गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका गरी ८ वटा स्थानिय तहको सबै वडाका हरेक शिशुलाई जन्मिएपछि बीमा गरिदिने मुख्य मन्त्री राउतले वताए । 

 

null

मूख्यमन्त्री मोहम्मद लालबाबु राउतले बेटी बचाउ, बेटी पढाउ नीति तथा कार्यक्रम अन्तर्गत प्रदेश २ को ८ जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, रौतहत र पर्साको ८ वटा स्थानिय तहको सबै वडामा जन्मिने नवजात शिशुको नाममा जीवन बीमा गरिदिन लागेको बताए । 

मुख्य मन्त्री राउतले भने, प्रदेश २ सरकारले घोषणा गरेको बेटी बचाउ, बेटी पढाउ नीति तथा कार्यक्रम कार्यन्वयन गर्दै पहिलो चरणमा माघ १ गतेदेखि जन्मिने हरेक शिशुको नाममा एक लाख २५ हजार रुपैंयाँ बराबरको बीमा गरिदिन लागेका छौं । 

२ नम्बर प्रदेशका मुख्य सचिव दिपक सुवेदीले तराईमा छोरीलाई गर्भमै हत्या गरी जन्मिनुबाटै रोक्ने कुप्रथाको अन्त्य गरी छोरी भएर जन्माउन पाउँने प्राकृतिक अधिकार प्रत्याभूती दिलाउन जीवन बीमा गरिदिन लागेको वताए । 

प्रदेश मुख्य सचिव सुवेदीका अनुसार पहिलो चरणमा ८ जिल्लाको ८ वटा स्थानिय तहमा लागु गरेपनि दोश्रो, र तेश्रो हुँदै चरणवद्ध रुपमा बजेट तर्जुमा गरी ८ वटै जिल्लाको सबै स्थानिय तहको वडा तहसम्म घर–घरसम्म बिस्तार गर्ने लक्ष्य रहेको जानकारी गराए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =