पब्लिक स्पीकर नेपाल २ आज फाइनलः कसले मार्ला बाजी ?

  

माघ ११, काठमाडौं । एक्रेटिभ मिडियाले आयोजना तथा निर्माण गरेकोे राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता पब्लिक स्पीकर नेपाल २ को ग्रान्ड फिनालेको दोश्रों श्रृंखलाको प्रशारण निश्चित भएको छ । कार्यक्रम माघ ११ गते, शुक्रबार बेलुकी ८ः३० बजे एपीवान एचडी टेलिभिजनमा र एक्रेटिभ मिडियाको आधिकारिक युट्युब च्यानलमार्फत बेलुकी ८ः४५ बजेदेखि प्रशारण हुँदैछ ।  

प्रान लिची ड्रिन्क मुख्य प्रायोजकका रुपमा रहेको पब्लिक स्पीकर नेपाल २ को अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट ६ प्रतियोगीहरु फरकफरक विषयमा केन्द्रित रहनेछन् । मकवानपुरकी दिपशिखा घिमिरेको विषय यौन तथा प्रजनन स्वास्थ्य रहेको छ भने काठमाडौंका प्रज्ववल विक्रम विष्ट नेपालको व्यापार घाटाका विषयमा बोल्दैछन् । त्यसैगरी धरानका रमेश प्रसार्ईं पूर्वीय सभ्यता र नेपाली समाज, काठमाडौंका प्रनव काफ्ले श्रमको सम्मान, नयाँ नेपालको अभियान, मोरङ्गकी मञ्जीता गुरुङ्ग कृत्रिम बौद्धिकता र काठमाडौंकी मानसी ठाकूर अदृश्य घटनाहरु विषयमा आफ्नो वक्तृत्व प्रस्तुत गर्दैछन् ।  

null

पब्लिक स्पीकर नेपाल २ को विजेतालाई पुरस्कार स्वरुप तीन लाख रुपैंया प्रदान गरिनेछ भने प्रथम उपविजेताले दुई लाख रुपैंया र द्वीतिय उपविजेताले एक लाख रुपैंया प्राप्त गर्नेछन् । साथमा १ प्रतिस्पर्धीलाई जनताबाट प्राप्त मतका आधारमा पब्लिक च्वाईस अवार्डको उपाधिले समेत सम्मान गरिनेछ । 

 

कार्यक्रमका निर्माता तथा एक्रेटिभ मिडियाका प्रमुख हरि पोखरेलले काठमाडौं पब्लिक स्पीकर नेपाल २ ले सातै प्रदेशका युवाहरुलाई समेट्दै राष्ट्रको महत्वपूर्ण विषयहरुमा उनीहरुको ध्यान आकृष्ट गराउनका साथै ती विषयहरुमा उनीहरुमा रहेको धारणा अभिव्यक्तिका लागि एक राष्ट्रिय स्तरको मञ्च प्रदान गरेको बताए । 

कार्यक्रमका निर्यायकहरु महानायक राजेश हमाल, लैंङ्गिक तथा विकास विज्ञ सरु जोशी श्रेष्ठ, र एलसीसीआई नेपाल संस्थाका चिफ अपरेटिङ्ग अफिसर डा.रोशन राठीले प्रदान गरेको अंकको आधारमा उत्कृष्ट ६ प्रतिस्पर्धी मध्येबाट विजेता छनौट हुनेछन् । साथै, नेपाल लाईफ इन्स्योरेन्सका सञ्चार तथा ब्रान्डिङ्ग विभागका प्रमुख मेघेन्द्र प्रकाश गिरी समेत अतिथि निर्णायकका रुपमा कार्यक्रममा उपस्थित हुनेछन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *