दुहवीमा न्यानो कपडा वितरण

 

माघ १२, दुहवी । समुदाय प्रहरी सुनसरी जिल्ला समितिले शनिबार निःसहाय बालवालिका सेवा आश्रमलाई न्यानो कपडा वितरण गरेको छ । सुनसरीको दुहवी ५ स्थित निःसहाय बालवालिका सेवा आश्रमलाई न्यानो कपडा (स्विटर र टोपी) बितरण गरिएको हो । 

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेती र सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले न्यानो कपडा (स्विटर र टोपी) बितरण गरे । 

null

त्यसैगरि दुहवी नगरपालिका वडा नम्वर ६ ले जाडोमा न्यानो कपडा वितरण गरेको छ । दुहवी नगरपालिका वडा नम्वर ६ को कार्यालयले शनिवार श्रीकृष्ण मन्दिरमा एक कार्यक्रमका विच न्यानो कपडा कम्बल वितरण गरिएको हो । 

दुहवी वडा नम्वर ६ का वडाध्यक्ष मुन्ना हलुवाईले जेष्ठ नागरिक, अपांग तथा एकल महिलाहरुलाइ २ लाख बरावरको २ सय ३० थान न्यानो कपडा कम्बल वितरण गरिएको बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *