नेपालमा ७० औं भारतीय गणतन्त्र दिवस भब्यताका साथ मनाइयो

 

माघ १२, काठमाडौं । भारतको ७० औं गणतन्त्र दिवस भब्यताका साथ मनाइएको छ । नेपालस्थित भारतीय राजदूतावासले काठमाडौंमा ७० औं गणतन्त्र दिवस मनाएको हो । दिवशका अवसरमा नेपालका लागि भारतका राजदूत मंजिव सिंह पुरीले भारतको राष्ट्रिय झन्डा झन्डोत्तोलन गर्दै भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए । 

झन्डोत्तोलन समारोहमा १५०० भन्दा बढी भारतीय नागरिक तथा भारतका शुभेच्छुक उपस्थित भएको दूतावासले जनाएको छ । कार्यक्रममा केन्द्रीय विद्यालय, मोडर्न इन्डियन स्कुल तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौंका विद्यार्थीहरुले देशभक्ति गीतहरु प्रस्तुत गरेपछि नेपाली सेनाले ब्यान्ड बाजा प्रस्तुत गरेको थियो । 

null

 

दिवसको अवसरमा राजदूत पुरीले २ वीर नारी, ९ एकल महिला र ३ मृतक सैनिकका निकटतम नातेदारलाई ७ करोड २६ लाख रुपैयाँ र कम्मल वितरण गरे । 

भू.पू. सैनिकलाई सहयोग गर्ने प्रतिबद्धता दोहोर्याउँदै दूतावासले भू.पू.–२०१८ पत्रिकाको विमोचन समेत गरेको छ । पत्रिकामा भारत सरकारद्वारा भारतीय सेनामा कार्यरत नेपाली भू.पू. सैनिकका लागि गरिएका कल्याणकारी पहलबारे चर्चा गरिएको छ । 

दिवसको अवसरमा राजदूतले नेपालका विभिन्न जिल्लाका अस्पताल, गैरनाफामुलक संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स तथा ६ वटा बसको साँचो प्रदान गरेका छन् । 

 

सन् १९९४ यता भारत सरकारले स्वास्थ्य सेवा तथा शैक्षिक सेवामा पहुँच विस्तार गर्न नेपालका विभिन्न संस्थाहरुलाई ७ सय २२ एम्बुलेन्स र १ सय ४२ बस प्रदान गरिसकेको छ । राजदूतावासले नेपालका दुर्गम भेगका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउन भन्दै ५४ वटा शैक्षिक संस्था तथा पुस्तकालयहरुलाई पाठ्यपुस्तक अनुदान स्वरूप प्रदान गर्ने घोषणा गरेको छ । 

 

राजदूत पुरीले इंडिया हाउसमा स्वागत समारोहको आयोजना गरेका थिए । सो अवसरमा नेपालका उपराष्ट्रपति नन्द बहादुर पुनले भारत–नेपाल कुटनीतिक सम्बन्धको ७ दशक पुगेको अवसरमा भारतलाई वधाई दिएका छन् । 

नेपालका उपराष्ट्रपति पुन र तथा राजदूतले संयुक्त रुपमा ‘‘भारत र नेपाल–कुटनीतिक सम्बन्धको ७०’’ नामक पुस्तकको विमोचन गरेका छन् । राजनीतिक दलका नेता तथा विभिन्न क्षेत्रका व्यक्ति गरी एक हजारभन्दा बढिको उपस्थिति रहेको दूतावासले जनाएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *